विराटनगर-मोरङको बुढीगंगा गाँउपालिकामा माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार गाँउपालिकाको तिलाठीस्थित मोदा खोलामा करेन्ट प्रवाह गरि माछा मार्ने क्रममा १९ वर्षिय अजित तिवारीको मृत्यु भएको हो।
खोला नजिक रहेको बिद्युतको खम्बाबाट हुक गरि करेन्टबाट माछा मार्ने क्रममा घटना भएको मोरङ प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक रञ्जनकुमार दाहालले जानकारी दिए।
मोरङ प्रहरी प्रवक्ता दाहालका अनुसार चौधरीले माछा मार्नका लागि २४ वर्षीय बलराम पण्डितसँग मिलेर विद्युत ‘हुक’ गरी खोलामा करेन्ट प्रवाह गरेका थिए। माछा मार्दै गर्दा दिउँसो करिब ४ बजे तिवारीलाई करेन्ट लागेको थियो।
करेन्ट लागेर गंभीर घाईते भएका तिवारीलाई विराटनगरस्थित विराट शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।
तिवारीको अस्पतालमा अपरानणह ५ बजेतिर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। हाल प्रहरीले तिवारीसंगै माछा मार्न पुगेका चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको छ।