पैसा नभएकै कारण उपचार अभाव हुने छैनः स्वास्थ्यमन्त्री बस्नेत

पैसा नभएकै कारण उपचार अभाव हुने छैनः स्वास्थ्यमन्त्री बस्नेत
+
-
सिन्धुपाल्चोक – स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले उपचार गर्न पैसा नभएर वा औषधि किन्ने पैसा नपाएर नेपाली नागरिक कसैको पनि ज्यान जान नदिइने बताएका छन्।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले आज बाह्रबिसेमा आयोजना गरेको तीज विशेष कार्यक्रममा शुभकामना दिँदै मन्त्री बस्नेतले पैसा नभएका कारण औषधि किन्न नपाएर अब कसैको पनि ज्यान जान नदिइने बताए।
उनले भने, “बिरामी पर्दा गरिबीका कारण पैसा नभएर उपचार गर्न पाउनुभएको छैन भने हाम्रो सम्पर्कमा आउनुस् म निःशुल्क उपचार गराउँछु, उपचार गर्न नपाएर अकालमै कसैको ज्यान जान दिइने छैन, त्यसको जिम्मा म लिन्छु।”
मन्त्री बस्नेतले गरिब परिवारमा जन्मिएका कारण वा आर्थिक अवस्था कमजोर भएका कारण अधिकांश दिदी–बहिनीहरूले उपचार गर्न नसक्नुभएको बताउँदै अब उपचार नपाएर मान्छेको ज्यान जाने अवस्था अन्त्य हुने बताए।
“केन्द्रमा बसेका स्वास्थ्यकर्मीलाई गाउँ–गाउँमा उपचार गर्नका लागि पठाएका छौँ, सिन्धुपाल्चोकसहित देशका विभिन्न ठाउँमा स्वास्थ्य सामग्री तथा उपकरण पठाउन थालेका छौँ, अब चाँडै चिकित्सकको दरबन्दी थपेर ६ महिनाभित्र देशमा स्वास्थ्यको रोजगारी सिर्जना गरी नागरिकलाई सहज स्वास्थ्य सेवाका लागि काम हुन्छ”, उनले भने।
उनले शिक्षा र स्वास्थ्य नागरिकका नैसर्गिक अधिकार र मौलिक हक भएकाले स्वास्थ्य र कक्षा १२ सम्मको शिक्षा निःशुल्क गराउनमा आफू लागिपरेको बताए। धादिङको एक जना बच्चाले कक्षा १२ को परीक्षा शुल्क दुई हजार दुई सय तिर्न नसक्दा आत्महत्या गर्नुपरेको जस्तो घटना अब दोहोरिन नदिइनेमा मन्त्री बस्नेतले प्रतिबद्धता जनाए।
आफूले विगतदेखि नै कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्छ भन्दै लागिपरेको उनको भनाइ छ।
उनले भने, “अब मुलुकमा कक्षा १२ सम्मको पढाइ निःशुल्क गराएरै छाड्छौँ, उपचार नपाएर र औषधि नपाएर कोही मर्ने छैनन्।”
सो अवसरमा बागमती प्रदेश सरकारका वन तथा वातावरणमन्त्री मसिना खड्का, पूर्वगृह राज्यमन्त्री विष्णुविक्रम थापा, बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ, बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतका साथै राष्ट्रिय कलाकारको समेत सहभागिता थियो।
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?