
नेपालगञ्ज – बाँकेका ६ वटा पालिकामा सोमबारदेखि कोभिड–१९ विरुद्धको खोप लगाउन थालिएको छ।
स्वास्थ्य कार्यालय, बाँकेका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार असोज ८ देखि १० गतेसम्म नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी, बैजनाथ, डुडुवा र नरैनापुर गाउँपालिकामा कोरोनाविरुद्धको फाइजर खोप लगाउन सुरु गरिएको हो।
यी पालिकाका वडाहरुमा रहेका स्वास्थ्य संस्थाबाट खोप लगाइएको छ। १२ वर्षदेखि माथिका सबैलाई खोप लगाइएको छ। फोकलपर्सन श्रेष्ठले कोभिड–१९ विरुद्धको फाइजर खोपको पहिलो, दोस्रो, बुष्टरको पहिलो र दोस्रो मात्रा सबै प्रदान गरिएको बताए।
फाइजरको पहिलो मात्रा १२ वर्षमाथिका सबैलाई, दोस्रो मात्रा पहिलो लगाएको २१ दिनपछि, बुष्टरको पहिलो मात्रा भने दोस्रो मात्रा लगाएको ३ महिनापछि, बुष्टरको दोस्रो मात्रा पहिलो बुष्टर लगाएको ६ महिनापछि लगाइने छ।
कोभिडको त्रास कम भएकाले खोप लगाउनेको उत्साह भने कम देखिएको छ।