बाल सुधार गृहबाट भागेका एक जना समातिए

बाल सुधार गृहबाट भागेका एक जना समातिए
+
-

नेपालगञ्ज- बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु बाल सुधार गृहबाट फरार रहेका एक जना बालबन्दी समातिएका छन् । असोज ४ गते राती १० बजे बाल सुधार गृहमा रहेका बालबन्दीका बीचमा आपसमा झडप हुँदा फरार रहेका चार जनामध्येका एक जना सन्देश गुरुङ दैलेखबाट समातिएका हुन् ।

बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीका अनुसार, बाँकेबाट खटिएको प्रहरी टोलीले दैलेखको जंगलमा लुकेर बसेका सन्देशलाई पक्राउ गरेको हो । बाल सुधार गृहबाट भागेका अन्य तीन जना समातिएका छैनन् । उनीहरुलाई खोज्न प्रहरीले टोली परिचालन गरेको छ ।

एक हप्ता अघिको झडपमा एक जना सुलभ केसीको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए । बाल सुधार गृहमा भएको झडपमा अगुवाई गरेका ६४ जनालाई अलग राखिएको छ । उनीहरुलाई विभिन्न प्रहरी कार्यालयमा राखिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?