आजदेखि चाडपर्वलक्षित सूपथ मूल्य पसल सञ्चालन (तस्बिरहरु)

आजदेखि चाडपर्वलक्षित सूपथ मूल्य पसल सञ्चालन (तस्बिरहरु)
+
-

काठमाडौँ – सरकारले दशैँ, तिहार, छठलगायत चाडपर्वलक्षित गरी आइतबारदेखि काठमाडौं उपत्यकासहित देशभर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ।

आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले देशभरका चाडपर्व लक्षित सहुलियत पसलको औपचारिक उद्घाटन गरे। खाद्य व्यवस्था तथा व्यापार कम्पनीको बागमती प्रदेशिक कार्यालय थापाथलीबाट मन्त्री रिजालले सहुलियत पसलको उद्घाटन गरेका हुन्।

सरकारले हरेक वर्ष देशभरका विभिन्न क्षेत्रमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत सहुलियत पसलहरु सञ्चालन गर्छ। जसअनुसार यो वर्ष पनि सरकारले उपभोक्ताको सहजताका लागि काठमाडौँ उपत्यका र बाहिर गरी ४९ बिक्रीस्थल राखेको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले मुलुक भरका ४३ जिल्लाका ४९ स्थानहरुबाट आजदेखि सहुलियत पसल सञ्चालनमा ल्याएको बताए।

उनले सहुलियत पसलमा खाद्य वस्तुहरुका चामलमा प्रतिकेजी ७ र खाने तेललगायतका वस्तुहरुमा पनि ७ रुपैयाँ छुट दिएको बताए। उनले कर्णालीका उत्पादन गेडागुडी, खसी बोका र भेडा च्याङ्ग्रामा प्रतिकेजी १० रुपैयाँका दरले छुट दिएको बताए।

उनले लोककल्याणकारी राज्य होस् भनेर सरकारले चाडपर्वलक्षित सहुलियत पसल सञ्चालन गरेको १० वर्ष भएको बताए। उनले सरकारले खाद्य वस्तुहरुको उपलब्धता सहज रुपमा बनाएको बताए। उनले घुम्ति पसल पनि सञ्चालन गर्ने तयारीमा रहेको बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष