‘गरिबी र बेरोजगारी अहिलेको मुख्य समस्या’

‘गरिबी र बेरोजगारी अहिलेको मुख्य समस्या’
+
-

बुटवल – नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेताहरुले गरिबी र बेरोजगारी अहिलेको मुख्य समस्या भएको बताएका छन्। दलाल पूँजीवादका कारण मुलुकमा चरम निरासा र संकट देखापरेको भन्दै त्यसबाट उन्मुक्तिका लागि समाजवादी व्यवस्था अपरिहार्य भएको नेताहरुको भनाइ छ।

०६२/६३ सालको जनआन्दोलनपछि जनताको अधिकारलाई संविधानमा लेख्न सफल भएको तर राजनीतिक रुपमा नेतृत्वमा देखिएको विचलनका कारण मुलुकमा संकट गहिरिँदै गएको नेताहरुको भनाइ छ। एकीकृत समाजवादीको मेची–महाकाली समाजवादी जागरण अभियानअन्तर्गत आइतबार बुटवल र भैरहवामा भएका जनसभालाई सम्बोधन गर्दै शीर्ष नेताहरुले राजगारी, समृद्धि र सुशासन राष्ट्रको मुख्य ऐजेन्डा बन्नुपर्ने बताए।

भैरहवामा आयोजित जनसभालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुक बनाउने ऐजन्डाबाट दलहरु विचलित हुँदै गएकाले जनतालाई जगाउने गरी जागरण अभियान सुरु गरिएको बताए। उनले देशव्यापी रूपमा जागरण पैदा गरेको समेत बताए। उनले जनताको जीवन सुधार गर्ने संकल्प बोकेर अभियानमा निस्केकाले देशभरबाट जनताले साथ दिइरहेको बताए।

यता बुटवलमा आयोजित जनसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्त्री एंव सम्मानित नेता झलनाथ खनालले ०६२/६३ सालको जनआन्दोलनपछि मुलुकको नेतृत्व दलाल पूँजीवादले गरेकाले देशमा चरम संकट देखापरेको बताए। उनले परिवर्तनको १८ वर्षको अवधिमा पूँजीवादी नेतृत्वका कारण पूँजीबादी शोषण बढ्दै गएको उनले बताए।

जनसभामा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुक बनाउने संकल्पका साथ समाजवादी जागरण अभियान सुरु गरिएको बताए। उनले आफूहरुले भनेको कुरा नयाँ नभए पनि संकल्प र योजनाका साथ मुलुक बनाउने गरी समाजवादी जागरण अभियान सुरु गरिएको बताए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’