
काठमाडौं- दशैंका लागि सार्वजनिक सवारी-साधनको अग्रिम टिकट बुकिङका लागि नयाँ बसपार्कमा भीड लागेकाे छ।
सोमबारदेखि अग्रिम टिकट बुकिङ खुलाएसँगै बिहानैदेखि भीड लागेकाे हाे।
गत शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच भएको सहमति अनुसार आजदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिएकाे हाे।
गत शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच अग्रिम टिकट बुकिङको विषयमा छलफल भएको थियो।
हरेक वर्ष दशैं, तिहार र छड पर्वलगायत प्रमुख चाडपर्वका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन्।
विगतका वर्षमा दशैं सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने गरिएको थियो।
हेर्नूहोस् तस्बिरहरू: