
काठमाडौं- मानव अधिकार तथा शान्ति समाजले राष्ट्रपति कार्यालय शितलनिवासअगाडि विरोध प्रदर्शन गरेकाे छ।
संविधानको धारा २७६ मा निहित राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग रोक्न माग गर्दै शान्ति समाजले सोमबार विराेध प्रदर्शन गरेकाे हाे।
कुशासन र दण्डहीनता विरुद्ध शान्ति समाजले सोमबारदेखि १० बुँदामा केन्द्रित रही देशव्यापी अभियान प्रारम्भ गर्दैछ। यसैक्रममा आज शितलनिवास अगाडि प्रदर्शन गरिएकाे हाे।
कैद माफी गर्दा तलदेखि माथिसम्म भएको सम्भावित आर्थिक चलखेलबारे गहिरो छानबिन गर्न पनि शान्ति समाजकाे माग छ।
विरोध प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित नागरिक अगुवा र अधिकारकर्मीहरूको सहभागिता रहकाे थियाे।
संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को रिफारिसमा राष्ट्रपति पौडेलले याेग ढकाल (रिगल)लाई आममाफी दिएका थिए। उक्त आममाफीपश्चात् राष्ट्रपतिकाे चाैतर्फी आलाेचना हुँदै आइरहेकेा छ।
रिगलमाथि २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा दिउँसो ३ बजेतिर चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो।
हत्या अभियोगमा उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। साथै, उक्त घट्नामा संलग्नअन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो।
रिगल उक्त घटना हुँदाका बखत नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आवद्ध थिए।
हेर्नूहोस् तस्बिरहरू: