
काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले कोशी प्रदेशमा मात्रै नभइ केन्द्रमा नै पुराना दललाई एक ठाउँमा आउन आग्रह गरेका छन्। कोशीमा कांग्रेस शेखर कोइराला समूहका नेता केदार कार्की एमालेको समर्थनमा मुख्यमन्त्री बनेका छन्।
शनिबार बिहान एमालेका ३९ र शेखर पक्षका ८ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त भएपछि रास्वपा सभापति लामिछानेले सामाजिक सञ्जालमा पुराना दलहरू सबैलाई एकैठाउँमा उभिएर राजनीति गर्न आग्रह गरेका हुन्।
उनले उद्देश्य एकै भए सटरचाहिं किन बेग्लाबेग्लै भन्दै पूराना दलमाथि व्यंग्य पनि गरेका छन्।
उनले ट्वीटरमा लेखेका छन्, ‘ गत उपनिर्वाचनमा मलाई र डा.स्वर्णिमलाई हराउन ड्राफ्ट भएर एउटा मात्र हस्ताक्षर हुन बाँकी रहेको महागठवन्धनले आज कोशीमा सार्थकता पाएछ। राम्रो भो, अब केन्द्रमा पनि यस्तै सहकार्य होस्। र आगामी निर्वाचनसम्ममा सबै पुूराना दल एक ठाँउमा बसेर यस्तै महागठबन्धन गरी सकेसम्म चुनाव चिन्हसमेत एउटै हुने गरी महासहमति पनि गर्नू होला। ढिला नगरी महागठबन्धनवादी मोर्चाको घोषणासभा बारे पनि सुन्न पाइयोस्। उद्देश्य एउटै, कार्यशैली एउटै, चरित्र एउटै, गन्तव्य एउटै भएपछि,सटर चाहिं किन बेग्लाबेग्लै ?’
गत उप-निर्वाचनमा मलाई र डा. स्वर्णिमलाई @SwarnimWagle हराउन ड्राफ्ट भएर एउटा मात्र हस्ताक्षर हुन बाँकी रहेको “महागठवन्धन”ले आज कोशीमा सार्थकता पाएछ। राम्रो भो, अब केन्द्रमा पनि यस्तै सहकार्य होस्। र आगामी निर्वाचन सम्ममा सबै पुराना दल एक ठाँउमा बसेर यस्तै महागठवन्धन… pic.twitter.com/qQHkr6Dgj8
— Rabi Lamichhane (@hamrorabi) October 14, 2023