
काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबारदेखि नयाँ नोटको सटही खुला गरेसँगै बैंकहरूमा सर्वसाधारणको भीड लागेको छ।
दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आज दशैंको दोस्रो दिनदेखि नयाँ नोट साट्ने सेवा सुरु गरेसँगै नोट साट्नेहरूको भीड लागेको हो।
काठमाडौं उपत्यकाभित्र राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्नेको भीड देख्न सकिन्छ।
नयाँ नोट साट्नका लागि सर्वसाधारणहरू बैंक अगाडि लाइनमा बसेका छन्। यस वर्ष बैंकहरूले सटही सेवा प्रभावकारी बनाउनका लागि क्युआरबाट पनि सेवा दिइरहेका छन्।
काठमाडौं उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेशमा रहेका कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ।
यसवर्ष पनि अघिल्ला वर्षहरूमा जस्तै ५, १०, २०, ५० र एकसय रुपैयाँका नोट साट्ने व्यवस्था छ। एक जनालाई १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटहीको व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ।
हेर्नूहोस् तस्बिरहरू: