पुरुषका कारण हुने बाँझोपन कम गर्ने उपाय

टाइट होइन खुकुलो अण्डरवेयर, अनि बढ्छ शुक्राणु

टाइट होइन खुकुलो अण्डरवेयर, अनि बढ्छ शुक्राणु
+
-

बाँझोपनको समस्या पछिल्लो समय विश्वभर बढ्दै गएको छ । यसले गर्दा सन्तानको चाहमा रहेका धेरै दम्पती निराश हुँदै आएका छन् । बाँझोपनको कारण महिला वा पुरुष दुवै हुन सक्छन् ।

पुरुषका कारण हुने बाँझोपनको मुख्य कारण वीर्यमा शुक्राणुको मात्रा आवश्यक भन्दा कम हुनु हो । तर पछिल्लो अनुसन्धानले शुक्राणुको मात्रा बढाउने सजिलो माध्यम पत्ता लागेको अनुसन्धानकर्ताले बताएका छन् ।

अण्डरवेयर टाइट नभइ लुज (खुकुलो) लगाउँदा पुरुषको वीर्यमा शुक्राणुको मात्रा बढ्ने अनुसन्धानबाट देखिएको छ । अमेरिकाको हार्वर्ड टिएच चेन स्कुल अफ पब्लिक हेल्थका अनुसन्धानकर्ताले ६५६ पुरुषमा गरेको अनुसन्धानबाट खुकुलो अण्डरवेयर लगाउनेको शुक्राणु बढेको देखिएको हो ।

खुकुलो अण्डरवेयर लगाउँदा शुक्राणुको मात्रा नियन्त्रण गर्ने हर्मोन बढ्ने देखिएको हो । खुकुलो अण्डरवेयर (बक्सर) लगाउने व्यक्तिको शुक्राणु टाइट अण्डरवेयर लगाउने व्यक्तिको भन्दा २५ प्रतिशत बढी रहेको देखिएको हो ।

बक्सरसहितका खुकुलो अण्डरवेयरका कारण अण्डकोषमा शीतल वातावण हुने भएकाले शुक्राणुको मात्रा बढेको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् । जीवनशैलीमा गरिने सानो र सामान्य परिवर्तनले पुरुषका कारण हुने बाँझोपन कम गर्न सकिने देखिएको विशेषज्ञले बताएका छन् ।

शुक्राणुको उत्पादन


३४ डिग्री सेन्टिग्रेड भन्दा माथिको तापक्रममा शुक्राणुको उत्पादन संवेदनशील हुन्छ । अण्डकोष शरीरबाट तल झुण्डिने भएका कारण तापक्रम बढी हुँदा शुक्राणुको उत्पादन कम हुने गर्छ ।

टाइट खालका अण्डरवेयर (जक्की स्टर्स वा ब्रिफ) ले अण्डकोषलाई स्वतन्त्र छोड्नुको साटो शरीरसँग जोड्न र त्यसले गर्दा तापक्रम बढ्छ अनि शुक्राणुको उत्पादनमा नकारात्मक प्रभाव पर्छ ।

तर बक्स स्टर्ससहितका खुकुला अण्डरवेयरले अण्डकोषलाई स्वतन्त्र छोड्ने भएकाले तापक्रम नबढ्ने भएका कारण शुक्राणुको उत्पादन बढ्ने गरेको पाइएको छ ।

टाइटको सट्टा खुकुलो अण्डरवेयर लगाएर फर्टिलिटी केन्द्रमा आउने व्यक्तिका कुल शुक्राणुको मात्रामा १७ प्रतिशत तथा शक्रिय शुक्राणुको मात्रा ३३ प्रतिशत बढेको देखिएको छ । तर यसले शुक्राणुको आकार र डिएनए क्वालिटीमा भने कुनै फरक पारेको देखिएको छैन ।

अनुसन्धानकर्ताले उमेर, बडी मास इनडेस्क (बिएमआई) तथा धुम्रपान र हट टबको प्रयोगसहितको प्रभाव बारेमा पनि अनुसन्धान गरेका थिए । तर अण्डरवेयरको भित्र हुने तापक्रमको प्रभाव शुक्राणुको उत्पादनमा बढी रहेको देखिउको अनुसन्धानमा संलग्न प्राध्यापक एलन पिसीले बताएका छन् ।

अनुसन्धान प्रतिवेदन ह्युमन रिप्रोडक्सन जर्नलमा प्रकाशित भएको छ । मस्तिष्कमा रहेको हर्मोन जसले अण्डकोषलाई शुक्राणु उत्पादनका लागि आदेश दिन्छ, त्यसको मात्रा १४ प्रतिशत कम रहेको देखियो । यो अनुसन्धान शुक्राणुको मात्रा र गुणस्तरका बारेमा भएको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?