
दाङ (घोराही) – दसैँका लागि गाउँ फर्किएकाहरु घरपरिवारसँगै पाकेको धान भित्र्याउनका लागि सहयोगी बन्ने भएका छन् ।
अहिले धान उत्पादन हुने दाङसहित देशभरका खेतमा धान पाकेर काट्ने बेला भएको छ ।
दसैँ मनाउँदै धान भित्र्याउने काम पनि सँगै गर्नुपर्ने अवस्था छ । दाङको घोराही उपमहानगपालिकाका खेतमा कतै धान पाकेका छन् भने कतै पाक्दै गरेका छन् ।
धानका बालामा कालोपोकोको समस्या पनि देखिएको किसानले बताएका छन् । पहिलेको तुलनामा धान खेती कम हुँदै गएको र उत्पादनमा पनि कालोपोकोसहितका रोगका कारण असर पर्ने गरेको उनीहरु बताउँछन् ।
खेतीपातीका लागि योग्य जमिन रहेको दाङमा अझैसम्म धानसहितका खेती राम्रो हुँदै आएको छ । धान भित्र्याएपछि गहुँ, मुसुरो, तोरी, जौसहितका बाली लगाउने गरिन्छ ।
त्यसपछि मकै बालीका लागि किसानले तयारी गर्छन् । अहिले भने धानबाली भित्र्याउने माहोलले चाडबाडको मौसमलाई बालीमय पनि बनाएको छ ।
शहरी करण वा बस्ती बिस्तार गाउँसम्मै पुगेर खेती योग्य जमिन पनि बस्तीमा परिणत भएको परिवेशमा अझैसम्म पनि धानका पहेँला बालाको सुन्दरता भने यहाँ मरिसकेको छैन ।
देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले खिचेका धानबालीका यी तस्बिरहरुः