गाजामा पुन सैन्य कारवाहीको तयारीमा इजरायल

गाजामा पुन सैन्य कारवाहीको तयारीमा इजरायल
+
-

काठमाडौं- इजरायलले गाजा क्षेत्रमा पुन सैन्य कारबाहीको तयारी सुरु गरेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा क्षेत्रमा स्थलगत सैन्य कारबाहीको तयारी भइरहेको बताएका छन्।

प्रधानमन्त्री नेतान्याहूले सैन्य कारबाही कहिलेबाट सुरु हुने भन्नेबारेमा स्पष्ट जानकारी नदिएपनि स्थलगत रुपमा हुने कारबाही ब्यापक हुन सक्ने जनाइएको छ। प्रधानमन्त्री नेतान्याहूले यस्तो कारबाही सुरु मात्र भएको दाबी गर्दै अब आतंकवाद अन्त गरेर मात्र विश्राम लिने बताएका छन्।यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र प्यालेस्टाइनबीचको तनाव तत्काल यथास्थितिमा फर्कने सम्भावना नरहेको बताए।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफ्नो टिप्पणीमाथिका प्रतिक्रियाले आफू स्तब्ध भएको बताउनुभएको छ। इजरायलले पनि प्यालेस्टाइनीमाथि दमन गरेको तर हमासले गरेको आतङ्कले प्यालेस्टिनीको गुनासो समाधान नगर्ने टिप्पणी गरेका थिए।

जवाफमा इजरायलले उनको भनाइमा कडा आपती जनाउँदै महासचिव गुटेरेसलाई इजरायल प्रवेशमा रोक लगाउन सक्ने चेतावनी दिएको थियो। हमास माथिको हमलामा सर्वसाधारण परेको प्रति गुटरेसले टिप्पणी पछि इजरायलले उनको राजीनामा माग गरेको थियो।

त्यस्तै, गाजा क्षेत्रका अस्पतालहरूमा इन्धन अभाव भएपछि काम अवरुद्ध भएको छ। गाजा स्थित राष्ट्रसंघीय नियोग समेत इन्धन अभावका कारण बन्द गर्नुपर्ने स्थिति आएको छ। गाजा क्षेत्र इन्धन, खानेपानी, अन्न जस्ता आवश्यकताका लागि इजरायलमाथि नै निर्भर रहेका छन्।

इजरायल र हमासबीच २० दिनदेखि जारी युद्धमा दुवैतर्फ गरी झन्डै आठ हजारजतिको मृत्यु भइसकेको छ। मारिनेमा कम्तिमा दुई हजार जना बालबालिका रहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?