
काठमाडौँ – दिप्ती केसीको चिल्ड्रेन अफ द एट्टिज नामक पुस्तक लोकार्पण गरिएको छ।
सानेपास्थित देश सञ्चारको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच पुस्तक सार्वजनिक गरिएको हो।
शिक्षाविद् केदारभक्त माथेमा, लेखक तथा इतिहातविद् शिवराज श्रेष्ठ मल्ल, पूर्व महालेखा परीक्षक विष्णुबहादुर केसीले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका हुन्।
समारोहमा साझा प्रकाशनका सञ्चालक सीता ओझा, साझा प्रकाशनका महाप्रबन्धक भेषराज घिमिरे, देश सञ्चारका सम्पादक युवराज घिमिरेलगायत सहभागी थिए।
पुस्तकमा सन् १९८० को दशक, त्यो समाज र त्यतिबेलाका केटाकेटीबारे पढ्न र अनुभूत गर्न सकिन्छ।
अहिलेको पुस्ताले इतिहासबारे चासो राख्दा लेख्ने प्रेरणा जागेको लेखिकाको भनाइ छ।