
काठमाडौँ – युएईलाई हराउँदै नेपाल आगामी २०२४ मा अमेरिका र वेष्ट इण्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको छ।
सन् २०१४ मा टी–२० विश्वकप खेलेको नेपाल १० वर्षपछि दोस्रो पटक विश्वकपका लागि छनोट भएको हो। शुक्रबार मूलपानी क्रिकेट मैदानमा भएको टी–२० विश्वकप छनोटको सेमिफाइनलमा युएईलाई ८ विकेटलाई हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो।
टस जितेर पहिले ब्याटिङ गरेको युएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य नेपालले १७ ओभर १ बलमा दुई विकेटको क्षतिमा पूरा गर्यो।
विश्वकपमा छनोट भएसँगै प्रशिक्षक तथा खेलाडीहरुले एकअर्कालाई अगाँल्दै खुसी साँटेका छन्। नेपालको खेल हेर्न ठूलो संख्यामा दर्शकहरु मूलपानी पुगेका थिए।