
जाजरकोट -जाजरकोटमा फेरि ५.८ रेक्टर स्केलको परकम्प गएको छ।
सोमबार दिउँसो ४ बजेर ३३ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्युटको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
परकम्पको धक्का देशको अधिकासं पश्चिमका जिल्लाहरुमा महसुस भएको थियो। भारतको राजधानी नयाँदिल्लीसम्म यसको धक्का महसुस भएको भारतीय संचारमाध्यामले जनाएका छन्।काठमाडौँमा पनि परकम्पको धक्का महसुस भएको थियो।
सोमबारको परकम्पबाट केहि व्यक्ति घाईते भएका छन्।
यसअघि शुक्रबार राति रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प जाँदा ठूलो जनधनको क्षति भएको छ।
त्यसपछि पनि पटक पटक परकम्प गएका छन्।
शुक्रबार रातिको भूकम्पमा परेकाहरुको उद्धार चलिरहेको बेला पटक पटक परकम्प गइरहेको छ ।
शुक्रबार राति जाजरकोट भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमका गरी १५७ जनाको मृत्यु भएको छ भने दुई सय भन्दा धेरै घाइते भएका छन्।
घाइतेको राहत,उद्धार र उपचार चल्दै गर्दा गएका परकम्पले स्थानीय थप त्रसित भएका छन्।