नागरिक जस्तै नेता

साइकल चलाएर मन्त्री पुगिन् पहिलो बच्चा जन्माउन अस्पताल

साइकल चलाएर मन्त्री पुगिन् पहिलो बच्चा जन्माउन अस्पताल
+
-

न्युजिल्याण्ड सरकारकी महिला मन्त्री आफ्नो पहिलो सन्तान जन्माउनका लागि आफै साइकल चलाएर अस्पताल पुगेकी छन् । द ग्रिन पार्टीकी जुली जेन्टर न्युजिल्याण्डकी महिला मन्त्री हुन् ।

उनी गर्भवती भएको ४२ हप्ता अर्थात ९ महिना भयो । कारमा बस्नका लागि चाहिने जति स्पेस नभएकाले आफूले साइकल चलाएरै अस्पताल जाने निर्णय गरेको मन्त्री जेन्टरले बताएकी छन् ।

उनी स्थानीय समय अनुसार आइतबार बिहान साइकल चलाएर अस्पताल गएकी हुन् । मन्त्री जेन्टरले प्रेमीसँगै साइकलमा जाँदै गर्दाको तस्बिर इन्स्टाग्राममा पोस्ट गरेकी छन् ।

न्युजिल्याण्डका मन्त्रीहरु पछिल्लो समय विश्वभरका आदर्श पात्र बनेका छन् । गएको जुनमा प्रधानमन्त्री ज्यासिन्डा अर्र्डेर्नले आफ्नो पहिलो सन्तान जन्माएकी थिइन् ।

उनी सत्तामै रहँदा सन्तान जन्माउने विश्वको दोस्रो नेता हुन् । उनी ६ हप्ता सुत्केरी बिदा बसेर काममा फर्किएकी छन् ।

३८ वर्षकी जेन्टरले अब आफ्नो पहिलो सन्तान जन्माउँदै छिन् । उनी देशको सहायक यातायात मन्त्री पनि हुन् । उनले साइक्लिङ्गको पक्षमा वकालत पनि गर्दै आएकी छन् ।

जेन्टर आफ्ना प्रेमीसहित साइकल चलाएर अक्ल्याण्डको सिटी सरकारी अस्पताल गएकी हुन् । उनले तीन महिनाको सुत्केरी बिदा लिँदै छिन् ।

यो पनि पढ्नुहोस्

काखमा डेढ महिने छोरी बोकेर आइन् प्रधानमन्त्री

काखमा डेढ महिने छोरी बोकेर आइन् प्रधानमन्त्री

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?