‘मतपेटिका नै माथि हुन्छ, कसरी भोट हाल्नु?’

+
-

काठमाडौं– नेपालमा अपाङ्गता अधिकारसम्बन्धी ऐन बने पनि कार्यान्वयन हुन सकेको छैन। बाटो, चोक, गल्ली, यातायात, अस्पताललगायत अन्य ठाउँहरूमा अपाङ्गता मैत्रीपूर्ण वातावरण छैन।

आइतबार २६ औं अपाङ्गता दिवस मनाइरहँदा भेटिएका क्षेत्रप्रताप थापा भन्छन्, ‘म दृष्टिविहीन हुँ। जन्मिएको तीन महिनामा मैले दृष्टि गुमाएँँ। अहिलेसम्म पढेर, सुनेर संघर्ष गर्दै स्नातकोत्तर दोस्रो वर्ष अध्ययनरत छु। मैले ब्रेललिपी पढ्न पाएको छैन। अहिले नेपालको निर्वाचन र नेपाल सरकारले निर्देशिका बनाउँदै गर्दा हामी अपाङ्गलाई छुट्टाएकामा दुःख लाग्छ।’

प्रतिनिधिसभाको निर्वाचित नेतृत्वले अपाङ्गता भएको व्यक्तिहरूको सुनिश्चित रूपमा प्रतिनिधित्व गर्नेछन् भन्ने आशा थापाले बोकेका छन्। नेपालको जनगणना अनुसार अपाङ्गताको तथ्याङ्क १.९४ प्रतिशत देखाए पनि संख्यात्मक रुपले योभन्दा धेरै रहेको थापा बताउँछन्। क्षेत्रप्रताप भन्छन्, ‘अब चैन भएर आउने नेतृत्वले हाम्रो उत्थानका लागि राम्रो पहल गरिदियोस्, अपाङ्गता अधिकारको पूर्ण रुपमा कार्यान्वयन होस् भन्न म भोट हाल्न आफ्नो गृहजिल्ला जाँदैछ।’

अपांगता भएकी महिला सुन्दरी मिश्रका अनुसार अपाङ्गता भएको व्यक्तिहरुका लागि शिक्षा, स्वास्थ्य, रोजगारको ग्यारेन्टी सरकारले दिनुपर्छ। ‘अझै पनि हाम्रो जस्तो मुलुकमा अपाङ्ग पूर्णमैत्री वातावरण छैन,’ उनले भने, ‘मतदान केन्द्रमा मतपेटिकाको उचाइ नै म नपुग्ने ठाउँमा छ। लाइन बस्नु नपरे पनि मतदान गर्ने सवालमा अपाङ्ग मैत्रीपूर्ण छैन।’ अहिले राजनीतिक दलहरूले विभिन्न चुनावी नारा र घोषणापत्र जारी गरे पनि अपाङ्गहरूको मुद्दाबारे खासै सम्बोधन नभएको उनले बताइन्। माओवादीकालीन द्वन्द्व पीडितहरुको सवालमा अलि सम्बोधन भए पनि प्राकृतिक रुपमा अपाङ्गताका क्षेत्रमा खासै सम्बोधन नभएको उनले बताइन्।

नेपालमा हजारौ संख्यामा अपाङ्गता भएका व्यक्तिहरू छन्। ग्रामीण क्षेत्रमा हरेक किसिमले सुविधाबाट बञ्चित अपाङ्ग भएका व्यक्तिहरुको जीवनशैली झनै कष्टकर छ। अब चुनिने नेतृत्वले यस विषयमा गम्भीर रुपमा सोच्नुपर्ने र अपाङ्गता क्षेत्रमा विभिन्न उपलब्धि मुलक कार्यक्रम अगाडि ल्याउनुपर्ने उनले बताइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?