घातक अप्रत्यक्ष धुम्रपान

बच्चाको आडमा बसेर चुरोट पिउँदा गम्भीर समस्या निम्त्याउँछ है !

बच्चाको आडमा बसेर चुरोट पिउँदा गम्भीर समस्या निम्त्याउँछ है !
+
-

आफूले धुम्रपान नगर्ने भए पनि फोक्सो सम्बन्धी गम्भीर खालको रोग लाग्ने र ज्यानसम्म जान सक्ने खतरा रहेको अनुसन्धानले देखाएको छ ।

युवा अवस्था लाग्दै गएपछि धुम्रपान नगर्ने व्यक्तिमा पनि फोक्सो सम्बन्धी गम्भीर समस्या देखिन्छ, यदी बाल्यकालमा उनीहरुका अभिभावकले धम्रपान गर्ने गरेका थिए भने । अभिभावकले गर्ने धुम्रपानको असर बच्चा हुर्किएपछि पनि पर्ने देखिएको अमेरिकी अनुसन्धानकर्ताले बताएका छन् ।

प्रत्यक्ष रुपमा धम्रपान नगरे पनि अभिभावकले गर्ने धम्रपानको असर बच्चामा पर्छ । यसलाई अप्रत्यक्ष अर्थात प्यासिभ स्मोकिङ्ग भन्ने गरिएको छ ।

धुम्रपान नगर्ने तर हुर्किने बेलामा अभिभावकले धुम्रपान गरेको भए हरेक एक लाखजनामा सातजनाको मृत्यु फोक्सो सम्बन्धी गम्भीर समस्याका कारण हुने गरेको पाइएको अनुसन्धानकर्ताले बताएका छन् । अमेरिकी क्यान्सर सोसाइटीले धुम्रपान नगर्ने ७० हजार ९०० जनामाथि गरेको अनुसन्धानबाट यस्तो खुलेको हो ।

आफूले गरेको धुम्रपानबाट बच्चाले भविष्यमा भोग्नु पर्ने गम्भीर स्वास्थ्य समस्याबाट मुक्त हुनका लागि अभिभावकले धुम्रपान त्याग्नु सबै भन्दा उत्तम उपाय रहेको अनुसन्धानकर्ताले बताएका छन् ।

यस्तै वयस्क भएपछि पनि आफूले धुम्रपान नगर्ने तर धुम्रपान गर्नेको साथमा बस्नेहरुमा पनि स्वास्थ्य समस्या देखिने गरेको छ । अनुसन्धान अनुसार हप्ताको १० घण्टा वा त्यो भन्दा बढी धुम्रपान हुने वा गर्नेको साथमा बिताएमा इस्कामिक मुटु सम्बन्धी रोगबाट ज्यान गुमाउने खतरा २७ प्रतिशत रहन्छ । यस्तै स्ट्रोकका कारण ज्यान जाने खतरा २३ प्रतिशत हुने अनुसन्धानमा संलग्न डा. रायन डिभरले बताए ।

अमेरिकी जर्नल अफ प्रिभेन्टिभ मेडिसिनमा प्रकाशित अनुसन्धान प्रतिवेदन अनुसार आफूले धुम्रपान नगर्ने तर धुम्रपान गर्नेको साथमा बस्नेहरुमा गम्भीर खालको फोक्सो सम्बन्धी रोगबाट ज्यान जाने खतरा ४२ प्रतिशत रहन्छ ।

अनुसन्धानको क्रममा सहभागीसँग धुम्रपानसँग सम्बन्धी कुरा सोधिएको थियो । त्यसपछि २२ वर्षसम्म उनीहरुको स्वास्थ्य अवस्थाबारे निगरानी गरियो ।

लामो अध्ययनबाट धुम्रपान नगरे पनि बाल्यकालमा अभिभावकले धुम्रपान गरेमा वा वयस्क भएपछि पनि धुम्रपान गर्नेको संगत परेमा फोक्सो तथा मुटु सम्बन्धी रोगका कारण ज्यान जाने खतरा बढ्ने देखियो ।

बच्चाले भविष्यमा भोग्नु पर्ने स्वास्थ्य समस्याबाट जोगाउनका लागि अभिभावकले धुम्रपान त्याग्नु पर्ने, नसके उनीहरु भन्दा पर वा बाहिर गएर धुम्रपान गर्नु पर्नेमा जोड दिइएको छ ।

प्यासिभ स्मोकिङ्गको असर बाल्यकालमा मात्रै नभएर जीवनभर पर्ने ब्रिटिस लङ्ग फाउन्डेशनका स्वास्थ्य सल्लाहकार डा. निक हप्किनसनले बताएका छन् । धुम्रपान गर्ने अभिभावक भएका बच्चामा दमको समस्या हुने र फोक्सोको विकासमा पनि असर पर्ने गर्छ ।

यो अनुसन्धानबाट बाल्यकालमा धुम्रपानको वातावरणमा हुर्किएका व्यक्तिलाई वयस्क भएपछि फोक्सो सम्बन्धी गम्भीर खालको रोग लाग्ने देखिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?