केटामिन

आत्महत्याको विचार एकदिनमै कम गराउने औषधि!

आत्महत्याको विचार एकदिनमै कम गराउने औषधि!
+
-

केटामिन, जसलाई एनेस्थेटिकको रुपमा प्रयोग गर्ने गरिएको छ । यसलाई अवैध रुपमा लागुऔषधको रुपमा पनि प्रयोग गर्ने गरिएको छ । पछिल्लो वर्षमा केटामिनको नयाँ भूमिका पनि थपिएको छ ।

यसलाई गम्भीर खालको डिप्रेसनको उपचाका लागि पनि प्रयोग गर्ने गरिएको छ । डिप्रेशनमा रहेका र त्यसको उपचारलाई रेस्पोण्ड नगरेकाहरुलाई केटामिन दिने गरिएको छ ।

अनुसन्धानकर्ताले केटामिनलाई डिप्रेशनको अनुसन्धानमा पछिल्लो आधा शताब्दीमा भएको ब्रेक–थ्रु पनि मान्छन् । पछिल्लो समय अनुसन्धाकर्ताले केटामिनको एक नयाँ प्रकार विकास गरेका छन्, जसलाई नाकमा स्प्रे गर्न मिल्छ र यसको नाम एसकेटामिन दिइएको छ ।

एसकेटामिन परीक्षणको अन्तिम चरणमा छ र त्यसका लागि अनुमतिको पर्खाई रहेको छ । अहिलेसम्म डिप्रेशनको उपचाकार लागि यसलाई अनुमति दिइएको छैन ।

तर धेरै डाक्टरले डिप्रेशन र दुखाईको उपचारका लागि केटामिनको प्रयोग गर्दै आएका छन् । यो औषधिको सुरक्षा तथा प्रभावकारिताबारे धेरै कुरा बाहिर आएका भने छैनन् ।

अमेरिकाको याले विश्वविद्यालयका मानसिक चिकित्साका प्राध्यापक डा. जेरार्ड सानाकोरा केटामिनलाई बिस्तारित मात्रामा उपचारका लागि प्रयोग गर्नुअघि धेरै अनुसन्धान गर्न बाँकी रहेको छ।

डा. सानाकोराले यालेले न्यु हेवनमा सञ्चालन गरेको डिप्रेशन अनुसन्धान कार्यक्रमको निर्देशक भूमिका निर्वाह गरेका छन् । उनका अनुसार केटामिनले डिप्रेशनको उपचारमा राम्रो गर्न सक्ने देखिएको बताए । यसले आत्महत्याको भावना आउनेलाई त्यसबाट बाहिर ल्याएर जीवन नै रक्षा गर्न सक्ने देखिएको छ ।

अमेरिकाका ८ प्रतिशत वयस्कमा डिप्रेशन रहेको छ । यसका कारण विभिन्न घटना पनि हुने गरेका छन् । गम्भीर खालको डिप्रेशन रहेका व्यक्तिले आत्महत्या गर्ने सम्भावना अरु व्यक्तिको भन्दा २० गुणा बढी हुन्छ ।

मनोपरामर्स तथा एन्टिडिप्रेसनेट औषधिले सहयोग गर्छ । तर यस्तो उपचार गराएका तीनमा एकजनाले अझै सहयोगको खोजी गर्ने गरेका छन् । त्यस्तो अवस्थामा केटामिनले काम गर्ने देखिएको अनुसन्धानकर्ताले बताएका छन् ।

उपचारले काम नगरेका डिप्रेशनका ५० प्रतिशत बिरामीमा केटामिनले काम गरेको देखिएको अनुसन्धानकर्ता मनोचिकित्सक कार्लोस जाराते जुनियरले बताएका छन् । केटामिनलाई रेस्पोन्ड गरेका व्यक्तिको सुधारको दर तीब्र देखिएको छ ।

यसले एक दिनमै आत्महत्याको विचार कम गराउने गरेको छ । यो प्रभाव भने अस्थायी मात्रै हुने गरेको छ ।

तर यसलाई तत्कालका लागि आत्महत्याको विचार रोक्ने र त्यसपछि नियमित उपचार तथा थेरापी सुरु गर्ने वातावरण बनाउने औषधिका रुपमा प्रयोग गर्न सकिने देखिएको छ ।

तर अहिले भइरहेको प्रयोग गैरकानुनी हो । र यसका नकारात्मक प्रभाव बारे खोजी भएका छैनन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?