
काठमाडौँ- नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले नजिकिँदै गरेको चाडपर्वको अवसरमा ‘निसान फेस्टिभल डिल’ योजना ल्याएको छ।
चाडपर्वको अवधिभरी लागू हुने यो योजना निसानका सबै गाडीहरू ‘निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ, र निसान एक्स–ट्रेलमा’ लागू हुने पायोनियर मोटो कर्पले जानकारी दिएकाे छ।
‘निसान फेस्टिभ ड्राइभ’ योजना अन्तर्गत ग्राहकहरूले निसान गाडी बुकिङ गर्दा विभिन्न सुविधा पाउनेछन्। जसअन्तर्गत १ वर्ष नि:शुल्क गाडी व्यापक बीमा (इन्स्योरेन्स), नि:शुल्क ३ बर्षको सडक कर(रोड ट्याक्स), नि:शुल्क ३ वर्षको सर्भिसिङ, ३ बर्षको वारेन्टि र रू. १५ लाखसम्मको छुट पाउन सकिनेछ।
निसान म्यागनाइटमा राम्रो रिसेल भ्यालु र क्लास-लिडिङ सुविधाहरू रहेका छन्। ग्राहकहरुले निसान म्याग्नाइटको खरिद गर्दा साथै ८० प्रतिशतसम्म सहज फाइनान्सिङ, र ६ वर्षसम्म ‘नो रनिङ कस्ट’ को फाइदा लिन सक्नेछन्।
त्यसैगरी, निसान एक्स-ट्रेल अझै बिगर र बोल्डर इलेक्ट्रिक एसयुभि रहेकाे कम्पनीले दाबी गरेकाे छ। निसान एक्स-ट्रेलको खरिद गर्दा ग्राहकहरूले फेस्टिभ डिल योजनाका सबै लाभहरू प्राप्त गर्दै १८ वर्षसम्म ‘नो रनिङ कस्ट’को फाइदा लिन सक्नेछन्।
यो योजना अवधिभर विभिन्न मोडलका गाडीहरू खरिद गर्दा सहज फाइनान्सिङ र विशेष छुट पाइने कम्पनीकाे भनाइ छ।