
काठमाडौँ- अटोमोबाइल वितरक कम्पनी पायोनियर मोटो कर्पले प्रिमियम लक्जरी इभी ब्रान्ड ‘जिकर’ नेपालमा सार्वजनिक गरेको छ।
नेपालमा जिकर गाडीकाे आधिकारी वितरक ‘पायोनियर मोटो कर्प’ हाे। हालै जिकरको निर्माता कम्पनी ‘गिली ग्रुप’ले नेपालकाे लागि आधिकारिक बिक्रेतामा पायोनियर मोटोकर्प प्रालिसँग औपचारिक सम्झौता गरेको थियाे।
जिकर चीनको गिलि होल्डिङ ग्रुपको अत्याधुनिक लक्जरि विद्युतीय गाडीको ब्रान्ड हो। हालै काठमाडाैँमा एक कार्यक्रम गर्दै जिकर ब्रान्ड सार्वजनिक गरिएको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय देवेन्द्र दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको समारोहमा जिकर साउथ एसियाका रिजनल डिरेक्टर फेलिक्स हु, जिकर ग्लोबल आफ्टरसेल्स सर्भिसका डिरेक्टर एस्टोर झाओ, शारडा ग्रुपका अध्यक्ष शिव रतन शारडा, शारडा ग्रुपका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडा, शारडा ग्रुपका निर्देशकद्वय प्रदीप शारडा र गौरव शारडा, र गोल्छा अर्गनाइजेसनका अध्यक्ष लोकमान्य गोल्छासहितको उपस्थिति थियाे।
पायोनियर मोटो कर्पले हालसालै सम्पन्न नाडा अटो सो २०८१ मा जिकर एक्सको स्ट्यान्डर्ड र फ्ल्यागसिप भेरियन्ट सार्वजनिक गरेको थियाे।
कम्पनीका अनुसार जिकर एक्स लक्जरी तथा नयाँ अनुभव चाहने र अत्याधुनिक प्रविधिमा रूचि राख्ने नेपाली उपभोक्ताहरूको उच्च अपेक्षा पूरा गर्न डिजाइन गरिएको गाडी हो।
यसमा डुअल-मोटर अल-ह्विल ड्राइभ र सिङ्गल-मोटर रियर-ह्विल ड्राइभ गरी दुई भेरियन्ट रहेका छन्।
जिकर एक्स, एक प्रिमियम कम्प्याक्ट एसयुभि हो जुन आधुनिक जीवनशैलीलाई सहज र सुविधाजनक बनाउने गरी डिजाइन गरिएको पायोनियर मोटोकर्प प्रा.लिकाे भनाइ छ।
जिकर एक्सको दुवै भेरियन्टमा ६६ किलोवाटआवर को ब्याट्री रहेको छ। जसले सिङ्गल-मोटर, रियर-ह्विल-ड्राइभ, लङ्ग रेन्ज मोडलमा ४४० कि.मि. को डब्लुएलटिपि रेन्ज प्रदान गर्ने छ।
१५० किलोवाटको डिसि चार्जरसहित गाडीमा रहेको २२ किलोवाटको एसि चार्जरले गाडीलाई ४ घण्टामा शून्यबाट १००% चार्ज हुनेछ। पायोनियर मोटोकर्प शारडा ग्रुपको सहायक(सिस्टर कन्सर्न) कम्पनी हाे।
पायोनियर मोटोकर्पका निर्देशक सन्दीप कुमार शारडाका अनुसार जिकर प्रिमियम इभि ब्रान्डले आजको युगको ग्राहकहरूको जीवनशैलीलाई बुझ्दै आधुनिक प्रविधिमा ग्राहक-केन्द्रित गाडी डिजाइन तथा उत्पादन गर्ने गर्दछ।
उनका अनुसार गाडीको एक्सटेरियर भागमा ‘स्मुथ लाइन तथा स्कल्पटेड प्रोफाइल’ को डिजाइन प्रयोग, ‘प्यानोरामिक सनरुफ’, र इन्ट्रिगेटेड डबल एज्ड एलइडी डिआरएलको आकर्षण पाउन सकिन्छ। साथै, जिकरको ‘इन्टेलिजेन्ट बि-पिलर’ नामक विशेष सुविधाले कारभित्र प्रवेश गर्नुअगावै गाडीको बारेमा महत्वपूर्ण जानकारीहरू ‘डोर ह्यान्डल’ (गाडीको ढोका) मा देखाउँदछ।
गाडीको इन्टेरियरमा, ‘यामाहा अडियो सिस्टम’, ‘भेन्टिलेटेड फ्रन्ट सिट’ जस्ता आधुनिक र उपयोगी सुविधाहरू समावेश गरिनुका साथै सबै भाग आधुनिक र विशेष डिजाइनमा सुसज्जित रहेको सन्दीपले जनाए।
यसमा सुरक्षित, आधुनिक र प्रविधियुक्त ड्राइभिङ अनुभवका लागि ‘इन्टर्याक्टिभ ककपिट’ को पनि सुविधा रहेको छ जसमा १४.६ इन्चको टचस्क्रिन डिस्प्ले, ८.८ इन्चको इन्स्ट्रुमेन्ट प्यानल समावेश रहेको छ।
सन्दीपका अनुसार सस्टेनेबल एक्सपेरियन्स आर्किटेक्चरमा निर्मित जिकरले स्ट्रक्चरल सेफ्टि सुनिश्चित गर्दछ र ‘एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम’मा सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्नेछ।
यस अन्तर्गत ७ वटा एयरब्याग, इन्टर्नल एन्टि-कोलिजन बिम, र परिष्कृत सुरक्षा प्रणालीले गाडीमा सवार सबैलाई उच्चस्तरीय सुरक्षा प्रदान गर्नेछ।