'सरकार न्याय दिन नसके छातीमा गोली ठोक'

रिपोर्टर्स क्लबमा डाको छोडेर रोए निर्मलाका बुवा यज्ञराज

+
-

काठमाडौँ – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका बुवा यज्ञराज पन्त, राज्यबाट न्याय नपाएको भन्दै पत्रकार सम्मेलनमै डाको छोडेर रोएका छन् । बिहिबार रिपोर्टर्स क्लबमा आयोजना भएको पत्रकार सम्मेलनमा उनी सरकारबाट न्याय नपाएको भन्दै डाको छोडेर रोएका हुन्।

आफ्नी छोरी निर्मलाका बलात्कारी र हत्यारालाई सार्वजनिक गरेर कारबाहीको माग गर्दै मंगलबार उनी पत्नी दुर्गासहित मानवअधिकारकर्मीहरुसँग काठमाडौँ पुगेका थिए ।

बिहिबार दिउँसो पत्रकार सम्मेलनमा बोल्ने क्रममा गला अवरुद्ध भएपछि उनी डाको छोडेर रोएका थिए । बोल्दा बोल्दै रुन थालेका उनले आफूलाई सम्हाल्दै सरकारसँग न्यायको भिख माग्न काठमाडौँ आएको बताए ।

‘न्यायकै लडाइँमा कञ्चनपुरमा ठूलो आन्दोलन भयो, सरकारले गोली ठोक्यो, एक बालक शहीद भए तर पनि खै किन हाम्रो आवाज सरकारले सुने जस्तो लागेन त्यसैले न्यायको भिख माग्दै काठमाडौँ आएको छु, अब न्याय नपाएसम्म घर फर्कदैन,’ उनले भने ।

उनले सरकारले न्याय दिन नसके आफूहरुलाई पनि गोली ठोकेर हत्या गर्न आग्रह गरेका छन्। ‘एउटा बलात्कारीलाई पक्रन नसक्ने हो भने, सरकार हामीलाई भनिदिनुहोस हामीले सकेनौँ भनेर, त्यसपछि हाम्रो छातीमा गोली ठोकिदिनुहोस, न्याय पाउने हैन भने हामी बाँच्न सक्दैनौँ मर्न चाहन्छौँ,’ यज्ञले भने।

उनले आफ्नी छोरी निर्मला पन्तको हत्या घटनामा प्रहरीले प्रमाण नष्ट पारेर अपराधि बचाउन खोजेको आरोप लगाए ।

‘सुरुदेखि नै प्रहरीले प्रमाण नष्ट पारेको छ, छोरी हराएलगत्तै खोजबिनका लागि जान तम्तयार प्रहरी टोलीलाई माथिको आदेश भनेर खोजबिनका लागि जान रोकिएको छ, छोरी खोज्न गैइदिनुहोस भन्दा मलाई ती प्रहरीले नै माथिको आदेश भोलिमात्रै जाने भन्ने आयो भनेका छन्,’ यज्ञले भने को हो त्यो माथिबाट आदेश दिने ? त्यतातिर अनुसन्धान गरेको खोई ?

सबै तस्बिरहरु बर्षा शाह /देश सञ्‍चार

यो पनि पढ्नुहोस्

‘निर्मलालाई न्याय नदिए हामीलाई नि गोली हानेर मारिदेऊ सरकार ‘

‘निर्मलालाई न्याय नदिए हामीलाई नि गोली हानेर मारिदेऊ सरकार ‘

अनुसन्धानमा खटिनु कहाँकहाँ, निर्मलाका बुबाआमाको चियो गर्दैछन् प्रहरी

अनुसन्धानमा खटिनु कहाँकहाँ, निर्मलाका बुबाआमाको चियो गर्दैछन् प्रहरी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?