अनुसन्धानमा खटिनु कहाँकहाँ, निर्मलाका बुबाआमाको चियो गर्दैछन् प्रहरी

अनुसन्धानमा खटिनु कहाँकहाँ, निर्मलाका बुबाआमाको चियो गर्दैछन् प्रहरी
+
-

काठमाडौँ – घटनाको दुई महिना पुग्न लाग्दा समेत कञ्चनपुरकी १३ वर्षीय बालिकाको बलात्कारपछि हत्या गर्ने अपराधी पक्राउ गर्न नसकेको सरकारले न्याय माग्न काठमाडौँ आएका उनका आमाबुवाको निगरानीका लागि ठूलो संख्यामा सादा पोशाकका प्रहरी खटाएको छ ।

निर्मलाका बुवा यज्ञराजले आफूहरु बसेको होटल, हिँडेको गल्ली लगायतका स्थानमा सादा पोशाकका प्रहरीले खानतलासी लिने र तस्बिर खिच्ने गरिरहेको बताएका छन्। सादा पोशाकका प्रहरीको यो कार्यले आफूहरु आतंकित भएको उनले बताए।

बिहीबार पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘मेरो छोरी हराउँदा खोज्न नजाने प्रहरी आज किन मेरो पछि लागिरहेको छ, हामी जहाँ गयो त्यहीँ प्रहरी किन आइरहेको छ? यो कार्यक्रममा पनि प्रहरीका घुमुवाहरु आएको म देखिरहेको छु। प्रहरीले न्याय माग्न आएको मलाई निगरानीमा राख्ने कि घटनास्थलमा गएर अनुसन्धान गर्ने?’

मंगलबार निर्मला पन्तको न्यायका लागि कञ्चनपुरका ९ जना महिला अधिकारकर्मी महिलाको साथमा निर्मलाका बुवा यज्ञराज र आमा दुर्गादेवी काठमाडौँ आएका हुन्।

निर्मलाको न्यायका लागि काठमाडौँ आएकी कञ्चनपुरकी महिला अधिकारकर्मी शारदा चन्द । तस्बिर : बर्षा शाह /देश सञ्चार ।

आफूहरु काठमाडौ झरेदेखि नै नचिनेका व्यक्तिहरुले आफुहरुको चियोचर्चाे गरिरहेको र उनीहरुबाट असुरक्षित महसुस गरेको पन्तले बताए।
पत्रकार सम्मेलनमा यज्ञराजसँगै काठमाडौँ आएकी अधिकारकर्मी शारदा चन्दले पनि सादा पोशाकका प्रहरी आफूहरु बसेको गेष्ट हाउसमै आएर खानतलासी लिन थालेको बताइन्।

उनले एक व्यक्तिले आफूहरु बसेको होटलमा तस्बिर खिचेपछि विवाद पनि भएको बताइन्। ‘हामी गेष्ट हाउसमा बसिरहेका थियौँ चार जना केटाहरु आएर वरीपरि घुम्न थाले हामीले को हो तपाईहरु भन्दा केही बोल्न मानेनन्, मैले एक जनाको तस्बिर खिचेपछि उनी फोटो डिलिट गर्न भन्दै मसँग रोए। केरकार गर्दा त आफू प्रहरीको मान्छे भएको उनले बताए।’

उनले प्रश्न गरिन्, ‘किन प्रहरी हाम्रो पछि लागिरहेको छ ? प्रहरीले घटनास्थलमा गएर अपराधी पत्ता लगाउने कि न्यायको लडाईमा आएका हामीहरुलाई आतंकित पार्ने ?’

यो पनि पढ्नुहोस्

रिपोर्टर्स क्लबमा डाको छोडेर रोए निर्मलाका बुवा यज्ञराज

रिपोर्टर्स क्लबमा डाको छोडेर रोए निर्मलाका बुवा यज्ञराज

निर्मलाकी आमाले राष्ट्रपतिलाई भनिन् ‘आफ्नै छोरी सम्झेर न्याय दिलाउनुस् ‘

निर्मलाकी आमाले राष्ट्रपतिलाई भनिन् ‘आफ्नै छोरी सम्झेर न्याय दिलाउनुस् ‘

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?