पहिलो दिन नै टाइगरको वाहवाही

पहिलो दिन नै टाइगरको वाहवाही
+
-

बलिउड अभिनेता सलमान खान अभिनित चलचित्र ‘टाइगर जिंदा हे’ ले पहिलो दिन नै दर्शकको वाहवाही पाएको छ। सलमानका दर्शकको बहुप्रतिक्षीत चलचित्र ‘टाइगर जिंदा हे’ शुक्रबार रिलिज भएको छ।

बलिउडका दबंग अभिनेता सलमानको यसअघिको चलचित्र ‘ट्युबलाइट’ फ्लप भएको थियो। ‘टाइगर जिंदा हे’ को रोचक प्रचारशैली र कथा वस्तुले दर्शकलाई प्रतिक्षा गर्न बाध्य बनाएको थियो। धेरै समयपछि सलमान र उनकी पूर्वप्रेमिका कटरिना केफको रोमान्सले दर्शकमा चलचित्र हेर्ने उत्सुकता बढाएको थियो।

कटरिनाको एक्सन चलचित्रको अर्को रोचक पक्ष हो। चलचित्र ‘एक था टाइगर’ जहाँ अन्त्य भएको थियो, ‘टाइगर जिंदा हे’ त्यहिँबाट सुरु हुन्छ।
टाइगरको भूमिकामा देखिएका सलमानले आतंकवादी संगठन आइएसआइएसले बन्दी बनाएका ४० नर्सलाई बचाउन र मुक्त गर्न गरेको संघर्ष चलचित्रको मुख्य कथा हो। भारतीय संचार माध्यमका अनुसार चलचित्र हेरिसकेर दर्शकहरु सलमानको प्रशंसा गर्दै बाहिरिएका थिए।

अलि अब्बास जफरको निर्देशनमा बनेको यो चलचित्रले सलमानलाई पुन एकपटक चर्चामा ल्याएको छ। टेलिभिजन शो बिग बोस सिजन ११ का होस्टको रुपमा पनि सलमान यस वर्षका चर्चित व्यक्तिमा पर्छन्।

यो पनि हेर्नुहोस्:

सुपरस्टार रजनीकान्त राजनीतिमा आउने

चलचित्र विकास बोर्डमा निकिता

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?