लाइभ रेडियो कार्यक्रम सञ्चालन गर्दागर्दै बच्चा जन्माइन्, नामका लागि भोटिङ

लाइभ रेडियो कार्यक्रम सञ्चालन गर्दागर्दै बच्चा जन्माइन्, नामका लागि भोटिङ
+
-

अमेरिकामा एक महिलाले रेडियोमा लाइभ कार्यक्रम सञ्चालन गर्दैगर्दा बच्चा जन्माएकी छन् ।

अमेरिकाको सेन्ट लुइसमा रहेको द आर्च रेडियो स्टेसनकी कार्यक्रम सञ्चालक क्यासीडे प्रोक्टरले लाइम कार्यक्रम सञ्चानल गरेकै बेला सन्तान जन्माएकी हुन् । यो कार्यक्रम चाउनका लागि स्टेशनमा विशेष व्यवस्था गरिएको थियो ।


सोमबार प्रोक्टरलाई प्रसव बेथा लागेको थियो । त्यसपछि रेडियो स्टेसनले अस्पताल भित्रैबाट कार्यक्रम सञ्चालनको व्यवस्था मिलायो । उनले कार्यक्रम चलाउँदै गर्दा बच्चा जन्माइन् । उनले यो अनुभव निकै उत्कृष्ट रहेको बताएको बिबिसीले जनाएको छ ।

Little Jedi.

A post shared by Cassiday Proctor (@radiocassiday) on

बच्चाको जन्म डाक्टरले दिएको मिति भन्दा अघि नै भएकाले रेडियो कार्यक्रम चलाउँदै गर्दा विशेष व्यवस्था गर्नु परेको हो ।

प्रोक्टरले भनिन्, ‘आफ्नो जीवनको यस्तो महत्वपूर्ण क्षण श्रोतासँग बाँड्न पाउनु निकै शानदार कुरो हो । यो मेरो जीवनको अहिलेसम्मकै राम्रो अनुभव बनेको छ ।’

लाइभ कार्यक्रमको क्रममा बच्चा जन्माउनु आफ्नो कामको बिस्तार रहेको उनले बताएकी छन् । आफ्नो जीवनको हरेक क्षण श्रोतासँग साट्ने गरेको उनको भनाई छ ।

Baby Daddy ?

A post shared by Cassiday Proctor (@radiocassiday) on

प्रोक्टरले आफ्नो छोराको नाम जेमसन राखेकी छन् । उनले श्रोतासँग सल्लाह लिएर यो नाम राखेकी हुन् ।

बच्चा जन्मिनु पहिलेनै रेडियोमा बच्चाको नामका बारेमा भोटिङ भइरहेको थियो ।

कार्यक्रम निर्देशक स्कट रोडीले एक पत्रिकासँग भनेका छन्, ‘प्रोक्टर दम्पतीले छानेका १२ नामका लागि हामीले भोटिङ गरेको थियो । बच्चाको जन्मसम्म भोटिङ गर्दा जेमसनले बढी मत पायो र नवजात शिशुको नाम त्यहि राखियो ।’

Thanks @ksdknews for visiting today!

A post shared by Cassiday Proctor (@radiocassiday) on

प्रोक्टरसँगै कार्यक्रम सञ्चालन गर्ने को–होस्टले यो निकै दाजुगरी अनुभव रहेको बताएका छन् । प्रोक्टर अब केही समय सुत्केरी बिदामा बस्ने छिन् ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष