बल टेम्परिङ्ग : प्रतिबन्धमा परेका वार्नरले मागे माफी

बल टेम्परिङ्ग : प्रतिबन्धमा परेका वार्नरले मागे माफी
+
-

बल टेम्परिङ्ग मामिलामा एक वर्षको प्रतिबन्ध खेपेका अस्ट्रेलियन ब्याट्सम्यान तथा बर्खास्तमा परेका उपकप्तान डेविड वार्नरले माफी मागेका छन् ।

वार्नरले अस्ट्रेलियाली क्रिकेटको इज्जत संकटमा पारेकोमा माफी मागेका हुन् । आफूहरुको गतिविधिले अस्ट्रेलिया तथा विश्वभरका फ्यानलाई निराश बनाएकोमा वार्नरले माफी मागेका हुन् ।

वार्नर, कपतान स्टीभन स्मिथ र ब्याट्सम्यान क्यामरन बेनक्राफ्टमाथि क्रिकेट अस्ट्रेलियाले प्रतिबन्ध लगाएको छ । वार्नर र स्मिथमाथि एक वर्ष तथा क्यामरन बेनक्राफ्टमाथि ९ महिनाको प्रतिबन्ध लागेको हो।

वार्नरले माफी माग्दै भनेका छन्, ‘गल्ती भइसक्यो, यसले क्रिकेटको इज्जतमा दाग लगायो । यो हामीले माया गर्ने क्रिकेटमा लागेको धब्बा हो । यसका लागि माफी चाहन्छु ।’

दक्षिण अफ्रिकासँगको तेस्रो टेस्टमा भएको बल टेम्परिङ्गको घटना बाहिर आएपछि यस बारे क्रिकेट अस्ट्रेलियाले अनुसन्धान सुरु गरेको थियो ।

बल टेम्परिङ्गको घटना बाहिर आएपछि अस्ट्रेलियका प्रधानमन्त्रीले समेत दुःख व्यक्त गरेका थिए । अस्ट्रेलियाका प्रधानमन्त्री म्याल्कम टर्नबुलले दक्षिण अफ्रिकाबाट आएको खबरले आफूहरु निराश रहेको बताएका थिए ।

बेनक्राफ्टले दक्षिण अफ्रिकासँगको तेस्रो टेस्टको क्रममा बलमा गडबडीका लागि स्याण्डपेपर प्रयोग गरेको पनि पुष्टि गरेको छ ।

यो पनि पढ्नुहोस्

समस्यामा अस्ट्रेलियाली कप्तान स्मिथ र उपकप्तान वार्नर, आजीवन प्रतिबन्धको सम्भावना

समस्यामा अस्ट्रेलियाली कप्तान स्मिथ र उपकप्तान वार्नर, आजीवन प्रतिबन्धको सम्भावना

अस्ट्रेलियाली कप्तान स्मिथ र उपकप्तान वार्नरमाथि १ वर्षको प्रतिबन्ध

अस्ट्रेलियाली कप्तान स्मिथ र उपकप्तान वार्नरमाथि १ वर्षको प्रतिबन्ध

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?