बैशाख १५ बाट ‘एनालग टिभी’ हट्ने

बैशाख १५ बाट ‘एनालग टिभी’ हट्ने
+
-

काठमाडौं- सरकारले आउँदो बैशाख १५ बाट देशभरबाट एनालग टिभी हटाउने तयारी तिब्र पारेको छ। सरकारले देश भरमै  टेलिभिजनलाई डिजिटलाइज गर्न खोजेको हो।

बुधबार सञ्चार मन्त्रालयले काठमाडौं उपत्यकामा एनालग माध्यमबाट प्रसारण भएका केवल अपरेटरको अनुगमन गर्दै बन्द गराएको थियो।

सञ्चार मन्त्रालयका प्रवक्ता राम चन्द्र ढकालले मन्त्रालयले अनुगमनमा कडाई गरेको जानकारी दिए। उनले भने, ‘बुधबारमात्रै १० कम्पनीमा अनुगमन गर्दै एनालगको प्रशारण बन्द गरेका छौं ।’

सरकारले राष्ट्रिय प्रसारण नियमावलीलाई संशोधन गर्दै २०७४ वैशाख १५ देखि महानगरपालिका, कत्तिक १५ देखि उपमहानगरपालिका र नगरपालिकाबाट र आउँदो बैशाख १५ बाट एनालग प्रणालीमा प्रसारण भईरहेका टेलिभिजनलाई डिजिटल प्रणाली लैजाने निर्णय गरेको छ। तर गत बैशाखदेखि एनालग केवल संचालकको असहयोगका कारण सरकारले नियमावलीको प्रावधान कार्यान्वयन गर्न सकेको थिएन।

केहि एनालग अपरेटरले मुद्दा हालेर पनि डिजिटलाइजेसनको प्रक्रिया रोक्ने प्रयास गरेका थिए तर सर्वोच्च अदालतले फागुनमा सरकारलाई राष्ट्रिय प्रसारण नियमावली कार्यान्वयनको बाटो खोलेको थियो

सञ्चार मन्त्रालयका प्रवक्ता ढकाल भन्छन्, ‘अहिले एनालग अपरेटर पनि डिजिटलाइजेसनको फाइदा बुझेका छन् त्यसैले सरकारलाई नियमावली कार्यान्वयन हुन् सजिलो भएको छ।’

ढकालले आउँदो बैशाख १५ बाट देश भरबाटै एनालग टिभी विस्तापित हुने दाबी गरे।

च्यालन अपरेटरको नवीकरण प्रदेशबाट हुने  

यस अघि जिल्ला स्थित केवल अपरेटरको इजाजत पत्र जिल्ला हुलाक कार्यालयबाट नवीकरण हुने गरेकोमा अब प्रदेश कार्यालयबाट हुने भएको छ।

सञ्चार मन्त्रालयका प्रवक्ता ढकालले प्रदेश सरकारलाई च्यालन अपरेटरको इजाजत पत्र नवीकरण गर्न दिने तयारी भईरहेको जानकारी दिए।

यो पनि पढ्नुहोस्

मेरो टिभीको अफर, नि:शुल्क सेट अफ बक्स, अध्यक्ष भन्छन्: ‘एनालग च्यानल गैरकानुनी’

मेरो टिभीको अफर, नि:शुल्क सेट अफ बक्स, अध्यक्ष भन्छन्: ‘एनालग च्यानल गैरकानुनी’

डिजिटलाइजेसनको बाटो खुल्यो, अदालतले खारेज गर्‍यो अन्तरिम आदेश

डिजिटलाइजेसनको बाटो खुल्यो, अदालतले खारेज गर्‍यो अन्तरिम आदेश

किन हुँदैछ ‘डिजिटलाइजेसन’ मा ढिलाइ? राज्‍यलाई करौडों घाटा

किन हुँदैछ ‘डिजिटलाइजेसन’ मा ढिलाइ? राज्‍यलाई करौडों घाटा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?