गम्भीर चुनौतीमा पनि फेसबुकलाई नाफा

गम्भीर चुनौतीमा पनि फेसबुकलाई नाफा
+
-

सामाजिक सञ्जाल फेसबुकले सन् २०१८ को पहिलो त्रैमासिकमा गएको वर्ष भन्दा धेरै मुनाफा भएको जनाएको छ ।

प्रयोगकर्ताको व्यक्तिगत विवरणको सुरक्षा गर्न नसकेको गम्भीर आरोप र त्यसको स्वीकारोक्तिपछि पनि फेसबुकको कारोबार यो वर्षको पहिलो त्रैमासिकमा गएको वर्षको यहि अवधि भन्दा ५० प्रतिशत कारोबार बढी भएको फेसबुकले जनाएको छ ।

फेसबुकले यो वर्षको पहिलो त्रैमासिकमा ११.९ बिलियन अमेरिकी डलर भन्दा बढी आम्दानी भएको जनाएको छ । गएको वर्षको यहि अवधिमा फेसबुकले ८ बिलियन अमेरिकी डलर आय गरेको थियो ।

फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले भनेका छन्, ‘अहिलेसम्मकै ठूलो चुनौतीको सामना गर्नु परे पनि हाम्रो समुदाय र व्यवसायले वर्ष २०१८ मा बलियो सुरुवात गरेको छ ।’ उनले आफूहरु अहिले विस्तृत पुनरावलोकनको क्रममा पनि रहेको उल्लेख गरेका छन् ।

फेसबुकले यो वर्षको पहिलो तीन महिनामा विज्ञापनबाट मात्रै ११.७ बिलियन अमेरिकी डलर आए भएको जनाएको छ । गएको वर्ष यहि अवधिमा यो ७.८ बिलियन अमेरिकी डलर थियो ।

यस्तै पहिलो त्रैमासिकमा आम्दानीसँगै कम्पनीको मुनाफा पनि बढेको छ । यो वर्ष मुनाफा ४.९ बिलियन अमेरिकी डलर रहेको फेसबुकले जनाएको छ । गएको वर्षको पहिलो त्रैमासिकमा फेसबुकले ३ बिलियन अमेरिकी डलर मुनाफा गरेको थियो ।

सिनेटरसँगको सुनुवाईको क्रममा फेसबुकका सिइओ मार्क जुकरबर्ग । तस्बिर : जिम वाट्सन/एएफपी/गेट्टी इमेज

गएको मार्चमा झण्डै ९ करोड फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरण राजनीतिक उद्देश्य पूर्तिका लागि अवैध रुपमा प्रयोग भएको आरोप लागेको थियो । त्यसपछि दुई हप्ताअघि मात्रै जुकरबर्गको अमेरिकी संसदमा सुनुवाई भएको थियो ।

यो पनि पढ्नुहोस्

फेसबुक आइडी नभए पनि तपाईंको जानकारी फेसबुकसँग !

फेसबुक आइडी नभए पनि तपाईंको जानकारी फेसबुकसँग !

रुससँगको संघर्षमा फेसबुक

रुससँगको संघर्षमा फेसबुक

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?