४० वर्षपछि आयोजना भएको बागमती यात्रा सम्पन्न

४० वर्षपछि आयोजना भएको बागमती यात्रा सम्पन्न
+
-

काठमाडौं- चालिस वर्षपछि आयोजना भएको बागमती यात्रा समापन भएको छ। गत सोमबार पशुपति परिसरमा पञ्चामृत पूजा र रुद्रीपाठ गरेर सुरु भएको यात्रा पशुपति परिसरमै तान्त्रिक पूजा र हवन गरेर समापन गरिएको हो।

बागमती यात्रा २०३४ सालयता पनि आयोजना हुन् सकेको थिएन।

त्यसबखतको यात्रामा सहभागी भएका र यसपटक यात्रामा मूल गुरु रहेका मदन भट्टका अनुसार २०३४ सालमा मखनकी लक्ष्मीदेवी प्रधानले यात्रा आयोजना गरेपछि कर्ताको अभावमा यात्रा रोकिएको थियो।

बागमती यात्राका मूल पुजारी मदन भट्ट र उनका छोरा महेश भट्ट।

यस पटक पशुपति क्षेत्र विकास कोष र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको प्राथमिकतामा परे पछि बागमती यात्रा सम्भव भएको हो।

बिगतमा बैशाख कृष्ण पक्षको चतुर्दशीदेखि वैशाख शुक्ल पूर्णिमासम्म १७ दिन सम्म चल्ने यात्रा यस पटक भने वैशाख शुक्ल पूर्णिमामा समापन गर्ने गरी अष्टमी देखि सुरु गरिएको थियो।

पशुपति क्षेत्र विकास कोष ‘कर्ता’ बनेपछि बागमती यात्रा सुरु भएको यात्राका मूल गुरु भट्टले बताए। आगामी वर्ष वागमती यात्रा १७ दिन नै गर्ने पशुपति क्षेत्र विकास कोषको योजना छ। संस्कृतिलाई जगाउनु पर्छ भन्ने हाम्रो योजना हो, कोषका कार्यकारी अधिकृत गौरीशंकर पराजुलीले भने, अहिले सबैबाट राम्रो प्रतिक्रिया आएकाले आगामी वर्ष बागमती यात्रा १७ दिन नै गर्नु पर्छ भन्ने हाम्रो सोच छ।

यस पटकको जात्रामा स्थानीय सरकारले राम्रो सहयोग गरेको मूल गुरु भट्टले जानकारी दिए। उनले भने, ‘यात्राबारे जानकारी भएन नत्र हामीहरु पनि सहभागी हुन्थ्यौं भन्ने धेरै मानिसहरु धेरै थिए, अब आगामी वर्षमा यात्रामा अहिले भन्दा धेरै सहभागिता हुने विश्वास छ।’

जात्रा पुनर्स्थापना भएकोमा बिगममा ( २०३४ साल भन्दा अगाडि) २ पटक १७ दिने जात्रामा सहभागी दक्षिणकालीकि ८५ वर्षीय अमरवाणी राजोपाध्यायले खुसि व्यक्त गरेकी थिएन।

यस्तै शंखमुलमा पनि स्थानीयहरुले यात्रामा सहभागीलाई स्वागत गर्दै यात्रा सुरुवात भएकोमा खुशी व्यक्त गरेका थिए।

४० वर्ष पछिको यात्रामा १० देखि ७३ वर्ष सम्मका मानिसहरु सहभागी भएका थिए।

२ कक्षामा काठमाडौं इन्टरनेसनल स्कुलमा अध्ययनरत अर्पण खतिवडा सुन्दरीजल देखि बागद्वार सम्मको यात्रामा सहभागी भएका थिए। २ दिन यात्रामा सहभागी भएका खतिवडाले भने, ‘ अलि अलि खट्टा दुखे पनि यात्रामा सहभागी हुँदा रमाइलो भयो।’

यात्राको सात दिन ३५ जना सहभागी भएका थिए। यात्रामा १५ जना भन्दा बढी महिला सातै दिन सहभागी भएको भट्टले जानकारी दिए।

के भयो अहिले फरक?

भट्ट भन्छन्, ‘२०३४ सालमा यात्राको क्रममा बागमतीमा नुहाउन सकिने अवस्था थियो तर अहिले जारको पानीले नुहाउनु पर्यो। त्यस बखत सप्पै ठाउँ हिडेर गएका थियौं तर अहिले केहि केहि ठाउँमा गाडी प्रयोग गरेका थियौं। मुख्य कुरा संस्कृति जोगाउन सकियो त्यो ठुलो कुरा हो।’

सातदिनमा १ सय ६५ शक्ति पिठमा पुगेको जानकारी दिँदै भट्टले भने, कटुवाल दह, बागद्वारमा शौचालय, बस्ने ठाउँ र पानीको राम्रो व्यवस्था थिएन।

सरकारले शौचालय लगायतका पूर्वाधारहरु बनाउँदै आगामी दिनमा यात्रालाई व्यवस्थित पार्नु पर्ने उनको सुझाव छ।

मेरो पिताले पनि यात्राको नेतृत्व गरेका थीए, त्यस्तै मेरा हजुर बुवाले यात्राको नेतृत्व गरेका थिए, हाम्रो २४ पुस्ता यात्रामा सहभागी भएको छ, भट्टले भने, धर्म र संस्कृतिलाई निरन्तरता दिनु पर्छ भने मैले मेरो छोरा पनि पुजा विधिबारे सिकाएको छु।

भट्टका छोरा महेश भट्टले देश सञ्चार सँग भने, म जन्मिएको वर्ष यात्रा रोकिएको रहेछ, अहिले सुरु भयो र मैले संस्कृतिबारे बुझ्न पाए निकै खुशी छु।

किन गर्ने यात्रा

मदन भट्ट भन्छन्, पुराणको हिमवतखण्डमा पशुपति जतिको लिङ्ग, बागमती जतिको नदि र गुहेश्वरी जतिको शक्तिपिठ संसारमा नेपाल बाहेक कतै छैन, यो तिर्थको परिक्रमा गर्दा सम्पूर्ण पापहरु नाश हुने उल्लेख गरिएको छ, त्यस्सैले बागमतीको फेद कटुवाल दह देखि सिर बागद्वार सम्मको यात्रा गर्दा धेरै पापहरु नष्ट हुन्छ।

नदि मानव सम्भ्यता भएकाले पनि नदिको रक्षा गर्न पनि यात्रा हुनु पर्ने भट्टको तर्क छ।

यो पनि पढ्नुहोस्

४० वर्षपछि फेरि ब्युँतियो बागमती यात्रा, तपाईँ पनि जाने कि?

४० वर्षपछि फेरि ब्युँतियो बागमती यात्रा, तपाईँ पनि जाने कि?

४० वर्षपछि सुरु भयो बाग्मती तीर्थयात्रा

४० वर्षपछि सुरु भयो बाग्मती तीर्थयात्रा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?