काठमाडौँ– धरौटी बढाउन लागेको विरोधमा आन्दोलनका कार्यक्रम तय गर्न आयोजना गरिएको म्यानपावर व्यवसायीको भेलामा कुटाकुट भएको छ । म्यानपावर कम्पनीको धरौटी बढाएर ६ करोड पु¥याउन प्रस्ताव गरिएपछि म्यानपावरले त्यसको विरोधमा आन्दोलनका कार्यक्रम तय गर्न वानेश्वरको अनुपम फुडल्याण्डमा भेलाको आयोजना गरिएको थियो ।
सुरुदेखि नै सत्तापक्ष दल र प्रतिपक्षि दल निकटका म्यानपावर व्यवसायी विभाजित भएका थिए । भेला सुरु हुनासाथ नेपाली कांग्रेस निकट व्यवसायीहरुले चर्को विरोध गर्दै संघका अध्यक्ष लगायतका पदाधिकारी भएतिर अगाडि बढेपछि हात हालाहाल भएको थियो ।
केहिबेरको झगडापछि छलफल सुरु भएपनि मुूल विषयमा भेलामा छलफल नै हुन सकेको छैन । छलफल आन्दोलनका कार्यक्रम तय गर्न भन्दा पनि एकअर्कालाई दोष दिनमै केन्द्रीत भएको छ ।
नेपाली काँग्रेस निकटका व्यवसायीले धरौटी बढाउनुमा संघको समेत हात रहेको भन्दै दोहोरो चरित्र नदेखाउन चेतावनी दिएका छन् । नेकपा निकट व्यवसायी त्यसको बचावट गर्दै यतिबेला बिभाजित हुनुभन्दा पनि एक भएर आन्दोलन गर्नु पर्ने पक्षमा छन् ।
भेलामा मूख्य विषयमा छलफल नभएपछि केहि व्यवसायी भने बाहिरिएका छन् । संघका पूर्व उपाध्यक्ष कुमुद खनालले भने, ‘म भित्र नै गइन, केहि व्यवसायीको स्वार्थमा केन्द्रीत छलफलको साक्षि बस्न आवश्यक ठानिन । बाहिर भेटिएका साथीहरुलाई भोलिबाटै सरकारको नीतिका कारण कामदार पठाउन सकिएन भनेर काम बन्द गरौँ, संघले यहि कुरा सर्कुलर गरोस् भन्ने सुझाव दिएको छु ।’
तर संघका महासचिव नरेश गेलाले आन्दोलनका लागि निर्णय गर्न समस्या भैरहेको बताए । उनले भने, ‘छलफल भैरहेको छ । तर निर्णय गर्न गाह्रो होला जस्तो छ हामी प्रयास गरिरहेका छौं ।’
गएको अधिवेसनबाटै म्यानपावर व्यवसायी प्रस्ट दुई धारमा देखिएका थिए । त्यस यता संघका हरेक निर्णय विवादमा पर्दै आएका छन् । संघमा पराजित व्यवसायीले संघले व्यवसायीको हितमा काम गर्न नसकेको आरोप लगाउँदै आएका छन् भने संघमा रहेका व्यवसायीले यतिवेला आन्तरिक झगडा गर्न भन्दा पनि सहयोग गर्न आग्रह गर्दै आएको थियो ।
तर निश्चित व्यक्तिको स्वार्थमा लागेर व्यवसायी सिध्याउने खेलमा संघकै पदाधिकारी रहेको प्रतिपक्षी दल निकट व्यवसायीको आरोप छ ।
आजको भेलामा बोल्ने प्रतिपक्षी दल निकटका व्यवसायीले संघले व्यवसायीको हितमा काम गर्न नसकेको भन्दै संघका अध्यक्ष रोहन गुरुङले राजीनामा दिनु पर्ने माग गरेका छन् । एक पछि अर्को गर्दै सरकारले व्यवसायी सिध्याउने निर्णय गर्दा पनि अध्यक्षले मौन समर्थन गरेको उनीहरुको आरोप छ ।
भेलामा बोल्ने व्यवसायीहरुले अध्यक्षसँग जवाफ मागे– ६ करोड धरौटी बुझाउन कति आम्दानी चाहिन्छ रु १० हजार लिएर कामदार पठाउनु पर्ने अनि धरौटी ६ करोड राख्नु पर्ने कति जायज छ रु कार्यदलमा तपाईको काम टुलु टुलु हेरेर बस्नु मात्रै हो रु किन व्यवसायीको हितमा बोल्न सक्नु भएन भन्दै प्रश्न गरेका थिए ।
व्यवसायीको चर्को विरोध पछि संघका पदाधिकारी आन्तरिक छलफलमा बसे पनि के गर्ने भन्ने टुंगोमा पु¥याउन सकेका छैनन् ।