स्वास्थ्य

अंग प्रत्यारोपण गरेका व्यक्तिलाई संक्रमण किन हुन्छ?

अंग प्रत्यारोपण गरेका व्यक्तिलाई संक्रमण किन हुन्छ?
+
-

अंग प्रत्यारोपण, आफ्नो शरीरमा अरुको अंग राख्ने काम। भइरहेको अवस्थामा नयाँ केही भएमा त्यसलाई स्वीकार्न हामीलाई पनि असहज हुन्छ। यस्तै हो मानिसको शरीरको अवस्था पनि।

मृगौला रोग विशेषज्ञ डा कल्पना श्रेष्ठ भन्छिन्, ‘शरीरको आफ्नो अंगको ठाउँमा अर्को अंग राख्दा हाम्रो शरीरले स्वीकार्दैन। शरीरको रोग प्रतिरोधात्मक क्षमताले प्रत्यारोपण गरिएको अंगलाई नै आक्रमण गर्छन् त्यसैले रोग प्रतिरोधात्मक क्षमतालाई निश्क्रिय बनाउन औषधि खानुपर्छ।’

यस्ता औषधिलाई ‘इमिनो सप्रेशन’ अर्थात् रोग प्रतिरोधात्मक क्षमता घटाउने औषधि खुवाउनुपर्ने हुन्छ। मृगौलाको हकमा अहिले धेरै चल्तीका इमिनो सप्रेशन गर्ने औषधि इकोफिनोलेट मोफेटिल, अजोरन, प्रेड्निसोलोन, ट्याक्रोलिमस, सिरोलिमस र साइक्लोस्पोरिन, आदि हुन्।

यी मध्ये केही औषधिमात्र नेपालका चिकित्सकले सुझाव दिने गरेका छन्। प्रत्यारोपण गरिएको अंगलाई काम गराउन इमिनो सप्रेशन गर्ने औषधि खानै पर्ने हुन्छ भने, इमिनो सप्रेशन गर्ने औषधि खाएपछि शरीरमा इन्फेक्सनको खतरा हुन्छ।

डा. श्रेष्ठका अनुसार जो व्यक्तिले इमिनो सप्रेशनको औषधि खाइरहेको हुन्छ अथवा अंग प्रत्यारोषण गरेको हुन्छ, उसलाई साधारण मानिसलाई भन्दा एकदमै धेरै इन्फेक्सनको खतरा हुन्छ।

उनी भन्छिन्, ‘मृगौला प्रत्यारोपणको सवालमा सबैभन्दा पहिलो पिसाबको संक्रमण, पिसाबको थैलि, नलि (युटिआई) मा इन्फेक्सन हुने संभावना धेरै हुन्छ भने दोस्रोमा बिरामीको स्वासप्रस्वासको संक्रमण धेरै हुन सक्छ। शरीरको अरु भागमा संक्रमण हुने संभावना भएपनि धेरै हुने यी दुई किसिमका संक्रमण हुन्।’

उनका अनुसार यस्ता बिरामीलाई औषधिको साइडइफेक्ट हुन्छ। अंग प्रत्यारोपण गरेको मानिसले जीवनभर इमिनो सप्रेशनको औषधि खानुपर्छ। औषधिले निम्त्याउने साइड इफेक्ट यस्ता छन्–

१. सुगर बढाउने,

२. ब्लड प्रेसर बढाउने,

३. शरीरमा चिल्लोको मात्रा बढाउने,

४. सुगरको मात्रालाई अनियन्त्रित बनाउने,

संक्रमण आफ्नो ठाउँमा छदैछ, यसबाट हुने साइडइफेक्ट खतरनाक मानिन्छन्।

अंग प्रत्यारोपण गरेका मानिसको सवालमा सुगर अर्थात मधुमेह पहिला नभएको छ भने पनि पछि देखिन सक्छ। मधुमेहको समयमा नै उपचार नभएमा आफैँमा खतरनाक हुन्छ।

सुगर र इन्फेक्सन


मधुमेह र संक्रमण एक अर्कासँग सम्बन्धित रोग हुन्। डा. श्रेष्ठका अनुसार मधुमेहभएका मानिसलाई संक्रमणको खतरा धेरै हुन्छ र मधुमेह बढ्दै गएका मानिसलाई संक्रमणको। यीनीहरु एक अर्कासँग सम्बन्धित हुन्छन्।

डा. श्रेष्ठका अनुसार, ‘यो अवस्थाले मानिसको ज्यान लिने खतरा पनि हुन्छ। समयमा उपचार भएन भने तीन देखि चार दिनमा बिरामीलाई जे पनि हुन सक्छ।’

यस्ता बिरामीको रक्तचापको अवस्था लगायत अरु अवस्थालाई हेरेर एन्टिबायोटिकको प्रयोगसँगै अरु उपचार गरिन्छ।

संक्रमणको खतरा कहिलेबाट हुन्छ?


अंग प्रत्यारोपण गरेका व्यक्तिलाई इमिनो सप्रेशनको औषधि खानुपर्ने भएकोले संक्रमणको खतरा जीवनभर नै हुन्छ। डाक्टर श्रेष्ठका अनुसार प्रत्यारोपण गरेको पहिलो महिनामा संक्रमणको डर हुन्छ, यो बेलामा इन्फेक्सन नियन्त्रण औषधि प्रयोग गरिन्छ।

इन्फेक्सनको खतरा तीन महिना र क्रमश घट्दै ६ महिनासम्म छट्दै जान्छ। इन्फेक्सनको खतरा कम हुँदै जाने हो भने २ वर्षपछि मात्र मानिस औषधि सेवन गरेपनि अरु मानिसजस्तै स्वस्थ्य देखिन सक्छ।

त्यसपछि नियमित औषधि सेवन गरेर आफ्नो जीवन फर्कन सक्छ। तर साधारण मानिससँगको संगत, खानेकुरामा ख्याल गरेन भने संक्रमणको संभावना धेरै हुने हुन्छ। यो बिरामी उच्च रक्तचाप, सुगर भएको मानिसको जस्तै जीवन बिताउन सक्छ।

‘मृगौलाको सवालमा प्रत्यारोपण गरिएको मृगौलाको आयु जम्मा पाँच वर्षको हुन्छ। तर स्वस्थ मानिस २५ भन्दा धेरै बाँचेको रेकर्ड पनि छन्।

प्रत्यारोपण गरेको मृगौलाले काम गरेन भने संभव भएमा फेरी प्रत्यारोपण गर्न सकिन्छ। त्यसका लागि चाहिने शरीरको अवस्था पनि महत्वपूर्ण हुन्छ।’ उनी भन्छिन्, ‘मृगौला प्रत्यारोपण गरेको बिरामीलाई संक्रमण भएमा मृगौलामा क्राटिनिनको मात्रा बढ्ने सम्भावना हुन्छ, यसले प्रत्यारोपण गरेको मृगौला फेल गराउन पनि सक्छ, तर संक्रमण कम भएसँगै क्राटिनिनको मात्रा पनि घट्न सक्छ।’

अंग प्रत्यारोपण गरेका व्यक्तिलाई जनसम्पर्कमा धेरै नआउनु भन्ने सुझाव चिकित्सकको हुन्छ।

यो पनि पढ्नुहोस्

ओलीको स्वास्थ्यबारे विस्तृत विवरण : चिनीको मात्रा बढ्यो, मृगौलामा पनि समस्या

ओलीको स्वास्थ्यबारे विस्तृत विवरण : चिनीको मात्रा बढ्यो, मृगौलामा पनि समस्या

प्रधानमन्त्री ओली अस्पताल भर्ना

प्रधानमन्त्री ओली अस्पताल भर्ना

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?