सोचिए भन्दा ६० प्रतिशत बढी ताप सोस्दै समुद्र

खतरामा समुद्र, जोखिममा पृथ्वी

खतरामा समुद्र, जोखिममा पृथ्वी
+
-

समुद्रले सोस्दै आएको तापक्रमको मात्रा निकै कम आँकिएको अनुसन्धानकर्ताले बताएका छन् । पछिल्लो २५ वर्षमा समुद्रले सोसेको तापको मात्रा अहिले सोचिँदै आएको भन्दा ६० प्रतिशत बढी रहेको नयाँ अध्ययनले देखाएको हो ।

यसको अर्थ जीवाश्म इन्धनको प्रयोग वा उत्सर्जनको सन्दर्भमा पृथ्वी निकै संवेदनशिल रहेको अनुसन्धानकर्ताले बताएका छन् । विश्वव्यापी रुपमा भइरहेको तापक्रम बृद्धि यो शताब्दीमा सुरक्षित स्तरमा कायम राख्नु चुनौतीपूर्ण रहेको भन्दै वैज्ञानिकले चिन्ता व्यक्त गरेका छन् ।

जलवायु परिवर्तनमा अन्तरदेशिय प्यानल (आइपिसिसी) का वैज्ञानिकले गरेको अध्ययन अनुसार हरितगृह ग्यासका कारण उत्पन्न भएको तापको ९० प्रतिशत भन्दा बढी हिस्सामा समुद्रको पहुँच रहेको छ । तर नयाँ अध्ययन अनुसार पछिल्लो २५ वर्षमा हरेक वर्ष विद्युत उत्पादनका लागि १५० गुणा बढी इन्धन प्रयोग गर्ने गरिएको छ ।

यो यसअघि सोचिएको भन्दा ६० प्रतिशत बढी हो र निकै ठूलो चिन्ताको विषय रहेको वैज्ञानिकले बताएका छन् । यसरी उत्पन्न भएको ताप जोडिँदै जाँदा पृथ्वी तातिँदै गएको छ । पछिल्लो अनुसान्धानबाट हामीले सोच्दै आएको भन्दा निकै अधिक तापक्रम समुद्रमा गइरहेको छ ।

यस्तै मानवले उत्सर्जन गरेको हरितगृह ग्यासका कारण सोचे भन्दा धेरै तापक्रम उत्पादन भइरहेको पनि खुलेको छ । यसको अर्थ उही मात्राको ग्यासबाट अहिले बढी ताप निस्कन थालेको छ । अर्थात पृथ्वी कानर्बडाइअक्साइडका लागि थप संवेदनशिल बनेको छ ।

यस्तो अवस्थामा सन् २०१५ मा भएको पेरिस जलवायु परिवर्तन सम्झौता अनुसार तापक्रम वृद्धि दुई डिग्री सेल्सियस भन्दा कममा सीमित गर्ने लक्ष्यमा चुनौती देखिएको छ । समुद्री पानीको तापक्रम बढ्दै गएको छ र यसले गर्दा त्यसमा अक्सिजनको मात्रा कम हुँदैछ ।

यसको अर्थ समुद्री जीवका लागि जीविका कष्टकर बन्दैछ भन्ने रहेको अनुसन्धानमा संलग्न प्रिन्सटन विश्वविद्यालयका डा. लोरी रेस्प्लान्डीले बताए ।

यस्तै तापक्रम बढ्दै जाँदा थर्मल एक्सपान्सनका कारण समुद्र सतह पनि बढ्दै जाने डा. रेस्प्लान्डीको भनाई छ । समुद्रले लिएको ताप फेरि फिर्ता आउने तर त्यसका लागि लामो समय लाग्ने भएकाले खतरा झन बढी रहेको उनको भनाई छ ।

यो पनि पढ्नुहोस्

पृथ्वीको अन्तिम मानव पुस्ता, जसले प्रकृति जोगाउन सक्छ

पृथ्वीको अन्तिम मानव पुस्ता, जसले प्रकृति जोगाउन सक्छ

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?