रिर्पोट

मृत्युमार्गको नामले परिचित सडकमा बन्ला त सुरुङ ?

मृत्युमार्गको नामले परिचित सडकमा बन्ला त सुरुङ ?
+
-

वुटवल– सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्र ‘मृत्युमार्ग’का रुपमा परिचित छ। यो खण्डमा एक सयभन्दा बढी पहिरोमा परेर १० वर्षमा ७० जना भन्दा बढीले ज्यान गुमाएका छन्।

यो सडक खण्डको रुपन्देही बुटवलको चिडियाखोलादेखि पाल्पा तिनाउको दोभानसम्मको ३ किलोमिटर सडकमा जुनसुकै बेला पनि पहिरो खसिरहन्छ। यहाँ अहिले पहिरोमात्रै नभई भीरबाट ठूल्ठूला ढुङ्गा खसेर सवारी साधन र मानिसलाई च्याप्छन्।

सरकारी तथ्यांकअनुसार पछिल्लो १० वर्षमा १८ वटा बस, ७ वटा ट्रक, ९ वटा जीप र कार तथा १९ वटा मोटरसाईकल पहिरोले च्यापेको छ। एकसय भन्दा बढी पहिरोमा परी ७० जनाभन्दा बढीले ज्यान गुमाएका छन् । यो डरलाग्दो सडक खण्डमा सुरुङमार्ग बनाउनका लागि अध्ययन थालिएको छ।

बुटवलको सिद्धबाबा मन्दिरदेखि माथिल्लो सिद्धबाबा मन्दिर र त्यसमाथिको करीब ४ किलोमिटर सडक क्षेत्र अति जोखिमयुक्त भएकाले सुरुङमार्ग बनाउने सरकारको योजना छ।

नेपाल सरकारको अनुरोधमा स्वीट्जरल्याण्ड सरकारको सहयोगमा भइरहेको भौगर्भिक सर्वेक्षणले चिडियाखोलादेखि दोभानसम्मको २ हजार ३ सय मिटर क्षेत्रमा सुरुङ बनाउन उपयुक्त हुन्छ कि हुँदैन भन्ने रिर्पोट दिने छ।

१७ जना प्राविधिकको टोलीले गरिरहेको भौगर्भिक सर्वेको प्रतिवेदन शुरुमा स्वीस सरकारलाई बुझाउने र स्वीस सरकारले नेपाल सरकारलाई हस्तान्तरण गर्ने छ।

माघ २६ गतेदेखि शुरु भएको अध्ययनको काम माघ २९ गतेसम्ममा सकिने छ। अध्ययनपछि सुरुङमार्गको काम थालेर मृत्युमार्गको परिचय बदल्न सरकारले समयमै ध्यान दिओस्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?