
न्युजिल्याण्डको क्राइस्टचर्चमा भएको गोलीबारीपछि बंगलादेश क्रिकेट टीमले न्युजिल्याण्डसँगको यसपछिको खेल रद्द गरेको छ । बंग्लादेश क्रिकेट बोर्डले जानकारी दिएको छ कि न्युजिल्याण्डको क्राइस्टचर्चमा रहेका बंगलादेशका सबै खेलाडी सुरक्षित छन् ।
क्राइस्टचर्चको प्रहरीका अनुसार दुईवटा मस्जिदमा भएको गोलीबारीमा ठूलो हताहती भएको छ । यो हमलामा संलग्न रहको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ जसमा एक महिला छिन् ।
क्राइस्टचर्चको अल नूर मस्जिदमा गोलीबारी हुँदा बंगलादेश क्रिकेट टीमका खेलाडी त्यहाँ नमाजका लागि गएका थिए ।बंगलादेश र न्युजिल्याण्डको बीच शनिबारदेखि तेस्रो टेस्ट म्याच खेल्ने तालिका थियो ।
गोलीबारीपछि तेस्रो टेस्ट रद्द गरिएको बंगलादेश क्रिकेट बोर्डले ट्विटरमा जानकारी दिएको छ । न्युजिल्याण्डको क्रिकेट बोर्डले पनि दुवै टीमबीचको तेस्रो टेस्ट म्याच रद्द गरिएको जानकारी दिएको छ ।
All members of the Bangladesh Cricket Team in Christchurch, are safely back in the hotel following the incident of shooting in the city.
The Bangladesh Cricket Board is in constant contact with the players and team management.#ChristchurchMosqueAttack pic.twitter.com/TTpIFxLp05
— Bangladesh Cricket (@BCBtigers) March 15, 2019
बंगलादेशका क्रिकेटर मुशफिकर रहीमले टीमका सबै खेलाडी सुरक्षित रहेको जानकारी दिएका थिए ।
रहीमले ट्विटरमा लेखेका छन्, ‘क्राइस्टचर्चको मस्जिदमा गोलीबारीका दौरान अल्लाहले आज हामी सबैलाई बचाएका छन् । हामी धेरै भाग्यमानी रहेछौँ । हामी यस्तो घटना दोहोरिएको हेर्न चाहन्नौँ ।’
Alhamdulillah Allah save us today while shooting in Christchurch in the mosque…we r extremely lucky…never want to see this things happen again….pray for us
— Mushfiqur Rahim (@mushfiqur15) March 15, 2019