
अ
+
अ
अ
-
काठमाडौँ– भक्तपुरको ठिमीमा सिन्दुर जात्रा मनाइएको छ। भक्तपुरको प्रसिद्ध जात्रा बिस्केट, बिस्का जात्राको एक अंश सिन्दुर यात्रा हो। ८ रात ९ दिन जात्रामा वैशाखको २ गते सिन्दुर जात्रा मनाउने गरिन्छ।
लिच्छविकालदेखि चल्दै आएको बिस्केट जात्रा मध्यकालमा आएपछि भव्यताका साथ मनाउन थालिएको हो। यो जात्रालाई विजय उत्सव मनाएको अर्थमा बुझ्ने गरिन्छ। यो जात्रामा आफ्नो साथीभाईसँग फुस्रो सिन्दुर लगाएर मनाइन्छ। यसलाई होलीको अर्को रुप पनि भनिन्छ। मध्यपुर ठिमीमा ३२ खटका दिदीबहिनीको भेट भएको खुसीयालीमा सिन्दुर जात्रा मनाएको पाइन्छ।