गोसाइँकुण्ड मेला व्यवस्थापनको तयारी पूरा

गोसाइँकुण्ड मेला व्यवस्थापनको तयारी पूरा
+
-

रसुवा – जनैपूर्णिमा पर्वका अवसरमा लाग्ने गोसाइँकुण्ड मेला व्यवस्थापनको तयारी पूरा भएको छ । मेला व्यवस्थित र मर्यादित बनाउन विभिन्न उपसमिति गठन गरिएको छ ।

गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार धुञ्चेबाट गोसाइँकुण्डसम्मको पैदलमार्गमा सरसफाइ र अनुगमन गरिएको छ । जनैपूर्णिमा पर्वका अवसरमा १५ हजारभन्दा बढी भक्तजनका लागि भोजन र बासको व्यवस्था मिलाउन धार्मिक मार्गका होटल व्यवसायीलाई आग्रह गरिएको डिएमले बताए । “होटल तथा लजमा तिर्नुपर्ने शुल्क निर्धारण गरिएको छ”, उनले भने ।

मूल्य सूचि हेरेर मात्र रकम भुक्तानी गर्न भक्तजनलाई आग्रह गरिएको छ । यस वर्ष गोसाइँकुण्ड मेला साउन २६ देखि ३० गतेसम्म चल्नेछ । गोसाइँकुण्डमा स्नान गर्दा सबै पापबाट मुक्त भइने जनविश्वास छ । गोसाइँकुण्ड जाने भक्तजनको आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । सो अवसरमा नेपाली सेना र स्वास्थ्य कार्यालयको समन्वयमा स्वास्थ्य शिविरसमेत सञ्चालन गरिनेछ ।

काठमाडौँबाट धुञ्चेसम्म आठ घण्टामा मोटर र त्यसपछि पैदल सुरु हुने धार्मिक पदयात्राका क्रममा त्रिशूली नदी, चन्दनबारी आधार इलाकामा भेटिने चौँरीगाई र लौरीविनायक टापुबाट देखिने अल्का हिमालले यात्रुलाई थप मनमोहक बनाउने छ । पवित्र तीर्थमा स्नान गर्दा जोश जागरको अनुभूति हुन्छ ।

समुद्री सतहदेखि १४ हजार १०० फिटको उचाइमा अवस्थित गोसाइँकुण्ड धुञ्चे बजारहुँदै चन्दनबारी वा लौरीविनायकभएर पुग्न सकिन्छ । गोसाइँकुण्ड बौद्ध तथा हिन्दू धर्मावलम्बीको साझा धार्मिक थलो हो । सो पर्वका अवसरमा त्यहाँ पुग्ने भक्तजनले आफ्ना दिवङ्गत पितृको सम्झना गर्दै श्राद्ध एवं तर्पण गर्नाले पितृ स्वर्गमा पुग्ने विश्वास रहिआएको छ ।

यो पनि पढ्नुहोस्

मनले डोर्‍याएको गाेसाइँकुण्ड यात्रा

मनले डोर्‍याएको गाेसाइँकुण्ड यात्रा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?