खरिपाटी क्वारेन्टाइन सेन्टर (तस्बिरसहित)

छतबाट चिहाउँदै छन् उद्धार गरिएका नेपालीहरु

छतबाट चिहाउँदै छन् उद्धार गरिएका नेपालीहरु
+
-

भक्तपुरको खरिपाटीमा रहेको नेपाल विद्युत प्राधिकरणको भवन अहिले क्वारेन्टाइन सेन्टरमा परिणत भएका छन् । विद्युत प्राधिरकणका तीन मध्ये दुई भवनमा चीनको हुबेइ प्रान्तका विभिन्न शहरबाट ल्याइएका नेपालीहरुलाई राखिएको छ ।

कोभिड–१९ नाम दिइएको नोवेल कोरोना भाइरस संक्रमणको इपिसेन्टर मानिएको हुबेइको वुहानसहितका ६ शहरमा रहेका १७५ जना नेपालीलाई नेपाल एयरलाइन्सले आइतबार बिहान साढे तीनबजे तिर काठमाडौँ ल्याएको हो ।

यसरी ल्याएका उनीहरुलाई खरिपाटीमा बनाइएको क्वारेन्टाइन सेन्टरमा निगरानीमा राखिएको छ । उनीहरुलाई दुई हप्तासम्म चौबिसै घण्टा चिकित्सकको निगरानीमा राखिने छ । क्वारेन्टाइन सेन्टरमा रहेकाहरुले आफन्तलाई फोन गर्दै गरेको, छतमा बसेर घाम ताप्दै गरेको देखिएको छ ।

क्वारेन्टाइन सेन्टरमा इन्टरनेटको व्यवस्था छैन । तर त्यहाँ रहेकाहरुलाई मनोरञ्जनका लागि ब्याडमिन्टन, चेस, क्यारिमबोर्ड, टेलिभिजन, लुँडोको व्यवस्था गरिएको खरिपाटी क्वारेन्टाइन सेन्टरमा खटिएका सरकारी अधिकारीले बताएका छन् ।

नेपाली सेनाका डाक्टरको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले उनीहरुलाई २४ घण्टा नै निगरानी गर्ने छ । दिनको दुईपटक स्वास्थ्य जाँच हुने र संक्रमण वा अरु बिरामी भएको पाइएमा तुरुन्तै अस्पताल लैजाने व्यवस्था रहेको छ । क्वारेन्टाइन सेन्टरको बाहिरी क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सुरक्षा दिइरहेको छ ।

यो पनि पढ्नुहोस्

धित मरुन्जेल दिदीलाई हेर्ने रोशनीको चाहना, तर…

धित मरुन्जेल दिदीलाई हेर्ने रोशनीको चाहना, तर…

चीनबाट ल्याइएका नेपालीलाई खरिपाटीमा चौबिसै घण्टा चिकित्सकको निगरानी

चीनबाट ल्याइएका नेपालीलाई खरिपाटीमा चौबिसै घण्टा चिकित्सकको निगरानी

चीनको वुहानबाट काठमाडौँ आइपुग्यो १७५ जना नेपालीसहितको जहाज

चीनको वुहानबाट काठमाडौँ आइपुग्यो १७५ जना नेपालीसहितको जहाज

यस्तो छ वुहानबाट ल्याइने नेपालीलाई दुई साता राख्ने ठाउँ

यस्तो छ वुहानबाट ल्याइने नेपालीलाई दुई साता राख्ने ठाउँ

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?