रानीपोखरीको मन्दिरको शिरमा ३२.७३ तोला सुनको गजूर

+
-

काठमाडौँ – रानीपोखरीको बिचमा रहेको विशेष महत्व राख्ने बालगोपालेश्वर मन्दिरमा गजूर राखिएको छ। झण्डै पाँच वर्षअघिको भूकम्पले भत्काएको मन्दिर पुनर्निर्माण सम्पन्न भएपछि बिहीबार बिहान विशेष पूजागरी गजूर राखिएको हो।

तिहारका दिन विशेष महत्वकासाथ खुल्ने बालगोपालेश्वर मन्दिर पुनर्निर्माण भएसँगै आउँदो तिहारमा ५ वर्षपछि चहपलह हुने भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका विज्ञ राजुमान मानन्धरले आउँदो तिहारमा दुई दिन मन्दिर खोल्ने बताए। उनले भने, ‘तिहार एक दिन भए पनि मन्दिर दुई दिन खोल्ने चलन छ।’ उनले आउँदो तिहारमा मन्दिर खोलिने बताए।

२०७२ सालमा गएको भूकम्पले क्षति पुर्‍याएको मन्दिरको शिरमा गजुर सजिएको छ। मन्दिरको शिरमा सजाउन अघि गजुर दरबार हाईस्कुलमा राखिएको थियो।

बिहीबार गजुर राख्ने साइत भएकाले बिहान स्कूलबाट करिब ८ बजेतिर गजूर बालगोपालेश्वर मन्दिर लगिएको हो। मन्दिरमा लगेको गजूरलाई सुरुमा पूजा गरियो। पूजा पश्चात मन्दिरको शिरमा गजूर सजाउन सुरु गरियो। करिब ३२.७३ तोला सुनबाट निर्मित १२३ किलोको गजूर मन्दिरको शिरमा सजाउन करिब १५ जना लागेका थिए।

सजाउन १५ जना लागे पनि गजूर बनाउन २० दिन लागेको कालिगढ विनोद शाक्य (भीम) ले जानकारी दिए। गजुर उनको निर्देशनमा करिब १७ जना कालिगढले २० घण्टा खटिएर २० दिनमा सम्पन्न गरेको उनले बताए। ‘दिनरात गरी २० दिनमा गजूर बनायौँ’ उनले भने, ‘हामी १७ जनाले सिफ्ट अनुसार काम गर्थ्याैँ।’

आफ्नो कला ऐतिहासिक सम्पदाको हिस्सा हुँदा गौरव महशुस भएको उनले बताए। ‘राष्ट्रिय गौरव बोकेको ऐतिहासिक सम्पदाका लागि काम गर्न पाउँदा गौरवान्वित महशुस गरिरहेको छु। इतिहास बोकेको रानीपोखरीमा आफ्नो कला झल्किने कुराले खुशीको सिमान नै छैन र आफूलाई भाग्यमानी ठानेको पनि छु’ उनले भने।

उनले आफूरुहले गुजरलाई कामका रुपमा नलिई गौरवका रुपमा लिएर बनाएको र त्यसका लागि ज्याला पनि नतोकेको बताए। ‘हामीले ज्याला तोकका छैनौँ। ज्यालाका हिसाबले काम पनि गरेका होइनौँ’ उनले भने, ‘प्राधिकरणको विज्ञ टोलीको मूल्यांकन गरेको आधारमा ज्याला दिन्छ।’

प्राधिकरणका विज्ञ मानन्धरले बालगोपालेश्वर मन्दिरमा गजूर राखिएपछि रानीपोखरीको काम सम्पन्न भएको बताए। उनले अब सरसफाइ तथा फिनिसिङ लगायतको काम मात्र बाँकी रहेको बताए।

उनका अनुसार मन्दिरसँगै रानीपोखरीको पुनर्निर्माणको काम पनि सकिएको छ। लम्बाई १८० मिटर र चौडाई १४० मिटर रहेको रानीपोखरी ३ करोड २२ लाख लिटर पानीले भरिएको छ। साउन महिनामा दुई दिन लगाएर बागमतीको पानी पोखरीमा हालिएको थियो।

यो पनि पढ्नुहोस्

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा राखियो गजूर (तस्बिरहरु)

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा राखियो गजूर (तस्बिरहरु)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?