प्रहरीले कारबाहीको तयारी थालेपछि भिटेनले ‘प्राइभेट’ गरे युट्युबको भिडियो

प्रहरीले कारबाहीको तयारी थालेपछि भिटेनले ‘प्राइभेट’ गरे युट्युबको भिडियो
+
-

काठमाडौँ– प्रहरीले कारबाहीको तयारी गरेपछि र्‍यापर भिटेनले युट्युबमा राखेकाे आफ्नो भिडियो हेर्न नमिल्ने (प्राइभेट) बनाएका छन्। भिटेन म्यूजिक’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त भिडियो बिहीबार साँझबाट प्राइभेट गरिएको हो।

एक साताअघि सार्वजनिक गरेको र्‍यापको भिडियोमा आपत्तिजनक शब्द प्रयोग भएको भन्दै र्‍यापर भिटेन अर्थात समिर घिसिङलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई पत्र पठाएपछि युट्युबमा उक्त र्‍याप हेर्न नमिल्ने बनाइएको हो।

भिटेनले एक साताअघि सार्वजनिक गरेको ‘पारा’ शीर्षकको भिडियो नेपालको युट्युब ट्रेन्डिङको पहिलो थियो।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले भिटेनले फेरि आपत्तिजनक शब्द प्रयोग गरी प्रहरीलाई समेत दुर्वचन बोलेर भिडियो सार्वजनिक गरेकाले कारबाही गर्न निर्देशन दिएको बताए।

साइबर ब्युरोका प्रमुख एसएसपी नबिन्द अर्यालले देशसञ्चारसँग कुरा गर्दै प्रहरी प्रधान कार्यालयको पत्र प्राप्त भइसकेकाले त्यसमा कारबाही गर्न प्रक्रिया सुरु गरिसकेको जानकारी दिए।

‘पत्र प्राप्त भएको छ। हामी त्यो भिडियो र अश्लील शब्दबारे छानबिन गर्दैछौँ,’  उनले भने।

गत वर्ष पनि उनको एउटा र्‍यापका कारण अपराध अनुसन्धान महाशाखाले उनलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिएको थियो।

यो पनि पढ्नुहोस्

भिटेनलाई कारबाही गर्न साइबर ब्युरोलाई प्रहरी प्रधान कार्यालयको पत्र

भिटेनलाई कारबाही गर्न साइबर ब्युरोलाई प्रहरी प्रधान कार्यालयको पत्र

भिटेनको नयाँ गीत ‘पारा’ ट्रेन्डिङ नम्बर एकमा

भिटेनको नयाँ गीत ‘पारा’ ट्रेन्डिङ नम्बर एकमा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?