
काठमाडौँ – लुम्बिनी प्रदशेका मुख्यमन्त्री तथा नेकपाका स्थायी कमिटि सदस्य शंकर पोखरेलले नेतृत्वले स्वार्थको द्वन्द्वमा परेर विवेक गुमाएको बताएका छन्।
नेतृत्वले स्वार्थमा विकेक गुमाउँदा त्यसको प्रभाव पार्टीका सबै तह र तप्कामा परेको उनले बताएका हुन्।
मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेतृत्वले स्वार्थको द्वन्द्वमा विवेक गुमाउँछ तब माथिदेखि तलसम्म पार्टी र नेतृत्वलाई खुइल्याउने र कमजोर बनाउने उपक्रम सुरु हुन्छ।’
सत्तारुढ नेकपामा केन्द्रमा दुई अध्यक्ष एकअर्का विरुद्ध शक्ति संघर्षमा रहेका बेला देशका विभिन्न स्थानमा कार्यकर्ताहरुले एकअर्का समूहका नेता विरुद्ध नाराबाजी तथा दुर्व्यहारका घटना भएका छन्।
पछिल्लो पटक नेता सुरेन्द्र पाण्डेमाथि चितवनमा दुर्व्यवहार भएको थियो । त्यसपछि नेताहरु सो घटनालाई लिएर आरोप प्रत्यारोपमा उत्रिएका छन् ।