
काठमाडौँ– खस समुदायलाई आदिवासीमा सूचिकृत गर्न माग गर्दै राजधानीको माइतिघर मण्डलामा सरकारविरुद्ध प्रदर्शन भएको छ। खस आयाेग गठन गर्नुपर्ने लगायतका माग राखेर आइतबार दिउँसो विरोध प्रदर्शन भएको हो।
विरोध प्रदर्शनमा सहभागीहरुले खस समुदायलाई आदिवासीमा सूचिकृत गरियोस्, खस आयोग गठन गरियोस्, हत्या हिंसा बन्द गर, वैदेशिक हस्तक्षेप बन्द गर, देशमा मौलाएको भ्रष्टाचार बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।