
थाइल्याण्ड सरकारले राजपरिवारको आलोचना गर्न नपाइने विवादास्पद कानून पुनर्जीवित गरेको छ ।
थाइल्याण्डमा विगत केही महिनादेखि सरकारविरोधी प्रदर्शन भइरहेको छ, सोही प्रदर्शन नियन्त्रणमा लिने प्रयास स्वरुप राजपरिवारको आलोचना गर्न नपाइने विवादास्पद कानून पुनः सक्रिय बनाएको हो ।
कानूनमा राजपरिवारको आलोचना वा निन्दाको एक घटनाका लागि १५ वर्षसम्मको जेल सजाय हुने व्यवस्था छ । सो कानून अनुसार धेरै अभियन्तालाई अभियोग सामना गर्न आदेशात्मक सूचना जारी भएको छ ।
पछिल्लो दुई वर्षमा राजपरिवारको निन्दा वा आलोचनाको अभियोगमा सबैभन्दा धेरै व्यक्तिविरुद्ध उजुरी परेको हो ।
राजसंस्था भित्र परिवर्तनसहितको माग गरि विद्यार्थीको नेतृत्वमा थाइल्याण्डमा महिनौँदेखि प्रदर्शन हुँदै आएको छ । उनीहरुले संवैधानिक परिवर्तन तथा प्रधानमन्त्रीको राजीनामा पनि माग गरेका छन् ।