चितवन निकुञ्जमा अर्नाले जन्मायो बच्चा

चितवन निकुञ्जमा अर्नाले जन्मायो बच्चा
+
-

चितवन-चितवन राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा अर्नाले बच्चा जन्माएको छ।

स्थानान्तरण गरी ल्याइएका अर्नाले बच्चा जन्माएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार गत सोमबार जन्मिएको भए पनि अझै लिङ्ग पहिचान भने गर्न सकिएको छैन। खुला खोरको झाडीमा रहेकाले पहिचान गर्न कठिन भएको उनले बताए।

निकुञ्जको पूर्वी क्षेत्रअन्तर्गत पुरानो पदमपुरको खुला खोरमा राखेर संरक्षण गरिएका अर्नाले बच्चा जन्माएपछि प्रजाति विस्तारमा अर्को सफलता मिलेको छ। सरकारको विसं ०७१ को निर्णयानुसार विसं ०७३ को माघ १२ देखि २८ गतेसम्म १६ दिनको अन्तरालमा यहाँ १५ अर्ना स्थानान्तरण गरी ल्याइएको थियो।

तत्कालीन समयमा पाँच भाले र १५ पोथी गरी २० अर्ना ल्याउने निर्णय भए पनि १५ वटा मात्रै ल्याइएको थियो।

कोशी टप्पुबाट दुई भाले र १० पोथी गरी १२ तथा सदर चिडियाखाना ललितपुरबाट एक भाले र दुई पोथीसहित तीन अर्ना स्थानान्तरण गरी ल्याइएको थियो । तीमध्ये विभिन्न कारणले छ वटा अर्ना मरेका छन्। नौ वटा माउमध्ये सात पोथी र दुई भाले रहेको अधिकारीले जानकारी दिए।

यहाँ स्थानान्तरणपछि योसहित पाँच वटा बच्चा जन्मिएका छन् । गत वर्ष जन्मिएकामध्ये तीन भाले (पाडो) र एक पोथी (पाडी) छन्। खोर बढाएर यहाँ २० देखि ३० अर्ना पु¥याउने योजना निकुञ्जको छ। झुण्डमा हिँड्न थालेपछि भने बाघले पनि आक्रमण गर्न नसक्ने भएकाले त्यसपछि मात्रै खुलाखोरबाट जङ्गलमा छाड्ने योजना निकुञ्जको छ।

उक्त निकुञ्जमा सन् १९६० देखि नै अर्ना रहेकामा पछि लोप भएको भनाइ छ । निकुञ्ज बनेपछि भने यहाँ अर्ना थिएन । अहिले सौराहास्थित पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टरको क्षेत्रफलमा खुला खोर बनाएर अर्ना राखिएको छ।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष