‘जनगणना गर्ने गणक ९४ प्रतिशत हिन्दू हुनुपर्छ’

‘जनगणना गर्ने गणक ९४ प्रतिशत हिन्दू हुनुपर्छ’
+
-

काठमाडौँ– विश्व हिन्दू महासंघले अर्को वर्ष हुने राष्ट्रिय जनगणनामा हिन्दूहरुको संख्या घटाउने चलेखल सुरु भएको दाबी गरेको छ।

धार्मिक शक्तिको आडमा ॐकार परिवारमाथि निरन्तर आक्रमण भएको र २०७८ सालमा हुने जनगणनामा नेपालमा हिन्दूहरुको संख्या कम देखाउने षड्यन्त्र हुन थालेको महासंघको दाबी छ।

महासंघले बुधबार पत्रकार सम्मेलन गर्दै हिन्दू धर्ममाथिको आक्रमणलाई रोक्न सरकारसँग आग्रह गरेको छ। महासचिव अस्मिता भण्डारीले जनगणनाका लागि गणक खटाउँदा सचेततापूर्वक खटाउनु पर्ने अवस्था आएको बताइन्।

उनले नेपालमा ९४ प्रतिशत जनता ॐ मान्ने भएकाले त्यही अनुपातमा गणक खटाउन आग्रह गरिन्।

‘गणक तथा पर्यवेक्षक नियुक्ति गर्दा यसअघिको जनगणनाको प्रतिशतको आधारमा कम्तिमा ८१.३ प्रतिशत हिन्दुसहित ९४ प्रतिशत ॐकार परिवारको संस्थाको आधारमा सम्बन्धित कर्मचारी नियुक्ति गरिनुपर्दछ,’ महासंघले अगाडि भनेको छ, ‘तथ्यांकलाई मिथ्यांक बनाउने षड्यन्त्र कहीँकतैबाट भए नभएको विषयमा मिडिया जगतले अत्यन्तै चनासो आँखाले नियालोस्।’

विश्व हिन्दू महासंघसहितका अरु १५ वटा संस्थाले हिन्दू बाहेक ॐ परिवारभित्रका अरु धर्मलाई अन्यमा राखेको भन्दै आपत्ति जनाएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष