विद्यालय सुधार्ने ‘हेड सर’ को सपना

विद्यालय सुधार्ने ‘हेड सर’ को सपना
+
-

काठमाडौँ – कुनै पनि पेशा व्यवसायमा लाग्ने व्यक्तिको आफ्नै लक्ष्य हुन्छ। राजनीति गर्नेले मन्त्री हुन खोज्नु, सेनामा जागिर खानेले प्रधानसेनापति बन्ने सपना देख्नु, बैंकका काम गर्नेले सिइओ बन्न चाहनु र एउटा शिक्षकले प्रधानाध्यापक बन्न खोज्नु सामान्य हो।

तर यो सामान्य उद्देश्य सबैले हासिल गर्ने अवसर पाउँदैनन्। धेरै वर्षको परिश्रम, पेशाप्रतिको लगान र इमानले मात्र व्यक्तिलाई त्यस्तो पदमा पुर्याउँछ।

त्यस्तै लामो मिहिनतपछि बाबुराम न्यौपाने बालाजुस्थित तरुण माध्यामिक विद्यालयको प्रधानध्यापक हुन सफल भएका छन्। यही मंसिर १ गतेदेखि जिम्मेवारी पाएसँगै उनीमा खुशी र जिम्मेवारी बोधले थिचेको छ।

तनहुँको नाहाला गाउँमा २०२५ सालमा जन्मिएका न्यौपाने गोरखाको अमर ज्योति जनता माध्यामिक विद्यालयबाट एसएलसी पास गरेपछि उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ छिरे।

उच्च शिक्षा अध्ययनका लागि उनले अस्कल क्याम्पस रोजे। जहाँबाट न्यौपानेले आइएससी र बीएससीसम्मको अध्ययन पूरा गरेर। बीएससी अध्ययनपछि पनि उनको अध्ययनको धोको पूरा भएन। न्यौपानलेले महेन्द्ररत्न क्याम्पस ताहचलबाट गणितमा बी.एड र एम. एडसम्मको अध्ययन पनि पूरा गरे।

उनी विगत सम्झँदै भन्छन्, ‘विज्ञानकै क्षेत्रमा करियर बनाउने मेरो धोको थियो। तर खोइ के–के पुगेन पुगेन म शिक्षक हुन पुगेँ।’

२०४७ सालदेखि एक वर्ष गोलढुंगाको नागार्जुन माविमा निजी स्रोतबाट पढाउन सुरु गरेका न्यौपानले त्यहीँ निमावी अस्थायी, स्थायी हुँदै मावि तहसम्मको स्थायी शिक्षक बने। २०७१ सालमा मात्र उनी हालका अरुण माध्यामिक विद्यालयमा सरुवा भएका हुन्।

मावि तहको गणित विषयको शिक्षककै जागिर र ट्युसनको कमाइले यति बेला उनको प्रगति लोभलाग्दो छ। दुई छोरी र एक छोराका बाबु न्यौपानको पसिनाको कमाइले काठमाडौँमै घर ठड्याएका छन्।

शिक्षक सहकर्मीसँग बाबुराम न्यौपाने।

जेठी छोरी कृपा उच्च शिक्षा अध्ययनका लागि अमेरिकामा छन् भने कान्छी छोरी कृषा जर्मनीमा। छोरा आसुतोष सानेपास्थित सगरमाथा इन्जिनियरिङ कलेजमा अध्ययन गरिरहेका छन्।

आफूले पढाएका विद्यार्थीको प्रगति देख्दा र सुन्दा उनी पुलकित हुन्छन्।

सन्तुष्टिका साथ न्यौपाने भन्छन्, ‘३० वर्षमा मैले सयौँ विद्यार्थीलाई पढाएँ। उनीहरु आज विभिन्न क्षेत्रमा छन्। उनीहरुमध्ये कोही डाक्टर भएका छन्, कोही इन्जिनियर त कोही निजामति प्रशासनको उच्च तहमा पुगेका छन्। व्यापार व्यवसायमा लागेका पनि उत्तिकै छन्। उनीहरुको प्रगति सुन्दा खुशी लाग्छ। जीवनको सार्थकता यहीँ त रहेछ।’

गणितका शिक्षक न्यौपानको अंकगणितीय उमेर ५२ वर्षमा चलिरहे पनि उनको जोश र जाँगर उही शिक्षक पेशा सुरु गर्ने २२ वर्षे उमेरकै छ।

देशैभर अझ त्यसमाथि पनि शहरी क्षेत्रका सामुदायिक विद्यालयको अवस्था दयनीय बन्दै गएको छ। सरकारी स्कुल गरिबका छोराछोरीले पढ्ने थलोमा परिणत हुँदै आएको छ। निजी स्कुलको आकर्षण र व्यापारले सामुदायिक विद्यालय विद्यार्थी अभाव झेलिरहेका छन्।

राज्यले सर्वसुलभ र निशुल्क शिक्षाको नारा लगाए पनि व्यवाहारमा उल्टो छ। राजधानी काठमाडौँको शहरी क्षेत्र बालाजुमा रहेको तरुण माध्यामिक विद्यालय त्यसबाट अछुतो छैन। हेडसरको जिम्मेवारीले पिरोलिएका न्यौपाने विद्यालयलाई राम्रो बनाउने ध्याउन्नमा छन्।

उनी भन्छन्, ‘मेरो केही त्यस्तो इच्छा छैन। बस् यो विद्यालयलाई धनी गरिब सबैका सन्तानको आकर्षक थलो बनाउने नै हो।’

परिवारका साथ शिक्षक न्यौपाने।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष