कात्तिक नाच सुरु हुँदै

कात्तिक नाच सुरु हुँदै
+
-

काठमाडौँ – प्राचिन कात्तिक नाट्य महोत्सव यो वर्ष शुक्रबार र शनिबार गरि दुई दिन हुँदैछ । कोरोना भाइरसको महामारीका कारण यो वर्ष दुई दिनमा छोट्याएर कात्तिक नाच प्रस्तुत गर्न लागिएको हो ।

यो वर्ष कात्तिक नाचमा १८ वर्षमुनि र ६० वर्षमाथिका व्यक्तिलाई कलाकारमा संलग्न गराइने छैन।

१८ वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका वृद्धमा कोरोनाको जोखिम बढि रहने भएको हुँदा यसबाहेक अन्य उमेर समूहका मानिसलाई कलाकारका रूपमा छनौट गरिएको कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताए ।

गत वर्ष १२ दिन देखाइएको नृत्यमा लगभग १५० कलाकार सहभागी थिए । तीमध्ये ७० जना नाटक प्रस्तुत गर्ने कलाकार र अन्य बाँकी ८० वाद्यवादक, सहयोगी र स्वयंसेवक रहेका चित्रकारले जानकारी गराए ।

यस वर्ष कात्तिक नाच देखाउँदा सामाजिक दूरी कायम गर्ने, स्वास्थ्य सावधानी पूर्णरूपमा अपनाउने वचनबद्घताका साथ मात्र परम्परा धान्न जिल्ला प्रशासन कार्यालय ललितपुरले अनुमति दिएको समितिका उपाध्यक्ष प्रतापधर शर्माले बताए ।

सिद्धिनरसिंह मल्लका नाति योगनरेन्द्र मल्लले कात्तिक महिनाभरि २७ दिन सञ्चालन गरेका यस नाचमा १७ विधाको कथा वा नृत्य प्रदर्शन गरिन्थ्यो । यी विधामा सुदामा, भक्त सूरदास, माधवानर लीला, ल्यवःलाय्गु अर्थात् सुखुली तुल्यगु, च्वलेखुदाँ अर्थात दाँखुदाँ…, कौलाखिचा, माकः सि मियेगु, खुसी छिकेगु अर्थात् जीचा, तिंखिकाँ अर्थात छ्योँध्वग्गि, सतिवनेगु अर्थात महामुर्ख, उषाहरण लीला, जलशयन, वराह अवतार, नृसिंह अवतार, वस्त्रहरण लीला, दधिलीला र बौद्ध अवतार लीला रहेका समितिले जनाएको छ ।

हरेक वर्ष पाटन कृष्ण मन्दिर नजिकै रहेको ‘कात्तिक डबली’ मा सो नृत्य मञ्चन गरिन्छ । भगवान विष्णुले मानव कल्याण र धर्मरक्षाका लागि लिएका विभिन्न अवतारमध्ये यस वर्ष वराह अनि नृसिंह अवतारको मात्र नाट्य महोत्सव आयोजना गरिने बताइएको छ ।

यो नृत्यको कथामार्फत शुक्रबार हिरण्याक्ष दैत्यको वध र शनिबार दानव हिरण्यकशिपुको वध गरेर लोकलाई शान्तिको सन्देश छर्ने काम हुनेछ । मुलुकमा कात्तिक नाचको थालनी भएसँगै इतिहासमै कुनै वर्ष पनि नरोकिएको जानकारहरूको भनाइ छ ।

किंवदन्तीअनुसार विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ यस नाच चलाएका थिए । यो नाच विश्वकै सबैभन्दा लामो नाट्य महोत्सवको रूपमा सम्पूर्ण नेपालीसामु रहन सफल भइरहेको छ । कात्तिक नाचको माध्यमद्वारा मानिसलाई मनोरञ्जन दिनुका साथसाथै धार्मिक, नैतिक, सामाजिक ज्ञानसमेत प्रदान गरिन्छ ।

कात्तिक महिनाभरि विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष