अन्तर्राष्ट्रिय आकाशमा नेपालको हवाई उड्यनलाई प्रतिबन्ध लगाउनुको औचित्य छैनः मन्त्री भट्टराई

अन्तर्राष्ट्रिय आकाशमा नेपालको हवाई उड्यनलाई प्रतिबन्ध लगाउनुको औचित्य छैनः मन्त्री भट्टराई
+
-

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संसारको कुनैपनि आकाशमा नेपालको हवाई उड्डयनलाई प्रतिबन्ध लगाउनुको औचित्य नभएको दावी गरेका छन्।

नागरिक उड्डयन प्राधिकरणले नेपालको हवाई क्षेत्रको सुरक्षा रिपोर्ट सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले संसारको कुनैपनि आकाशमा नेपालको हवाई उड्डयनलाई प्रतिबन्ध लगाउनु पर्ने औचित्य समाप्त भइसकेको बताएका हुन्।

तर पनि युरोपियन आकाशमा भएको प्रतिबन्ध हटाउन अझै केही कानूनी पुनरसंरचना गर्नुपर्ने उनको भनाइ छ। त्यसका लागि नागरिक उड्डयन प्राधिकरणको संरचनालाई दुई भागमा विभाजन गरी दुईवटा संगठन बनाउने प्रक्रिया अगाडि बढिसकेको बताए।

उक्त विधेयक राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा छलफल भइ अगाडि बढिसकेको र आउने अधिवेशनमा प्रतिनिधिसभामा समेत टेबुल हुने चरणमा रहेको उनले बताएका छन्।

उनले अहिले प्रकाशित भएको सेफ्टी रिपोर्ट र संगठनात्मक पुनःसंरचनाको कानूनी निर्णयबाट नेपालको हवाई उड्डयन क्षेत्रको कुनैपनि प्रतिबन्धहरु फुकुवा हुने ठाउँमा पुग्ने बताए।

कोभिडको व्यापक संक्रमण भएको अवस्थामा पनि नेपालको एयरपोर्ट एक दिन पनि बन्द नभएको दावीसमेत मन्त्री भट्टराईले गरे।

नियमित उडान बन्द गरिएपनि एयरपोर्ट बन्द नभएकोले नेपालको उड्डयन क्षेत्रले आफ्नो क्षमता विश्व सामु देखाइसकेको उनको भनाइ छ।

अहिले पनि केही अन्तर्राष्ट्रिय गन्तव्य बाहेक नेपालले विगतमा नियमित उडान गरेका गन्तव्यमा नेपालको तर्फबाट खुल्ला गरिएको पनि उनले बताए।

नेपालले कोभिड रोकथामका लागि उड्डयन क्षेत्रमा लागू गरेको मापदण्ड विश्वमै उदाहरणीय भएको दावी उनले गरेका थिए।

प्राधिकरणले सार्वजनिक गरेको सेफ्टी रिपोर्ट अनुसार नेपालमा हवाई उड्डयनमा दुर्घटना कम हुँदै गएको छ। प्राधिकरणका महानिर्देशक राजन पोखरेलले पछिल्लो तीन वर्षमा वार्षिक एउटा दुर्घटना भएको र मानवीय क्षतिसमेत कम भएको बताए।

हवाई उड्डयनलाई सुरक्षित बनाउन आइकाओको एभिएसन सेफ्टी रिपोर्ट अनुसार प्रोएक्टिभ अवधारणा र रिएक्टिभ अवधारणा अनुसार सेफ्टी रिपोर्ट तयार पारिएको समेत उनले बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष