बैतडीको दशरथचन्द नगरपालिकामा भोलिबाट १० दिन लकडाउन हुँदै

बैतडीको दशरथचन्द नगरपालिकामा भोलिबाट १० दिन लकडाउन हुँदै
+
-

धनगढी-बैतडी जिल्लाको सदरमुकाम रहेको दशरथचन्द नगरपालिकामा भोलीबाट १० दिनसम्मका लागि लकडाउन गर्न निर्णय गरिएको छ।

नगरकार्यपालिकाको आज बसेको बैठकले भोलीदेखि मंसिर २२ गतेसम्म १० दिनका लागि नगरपालिका क्षेत्र लकडाउन गर्ने निणर्य गरेको हो।

कोरोना भाइरसका नगरपालिकामा १८ जना सक्रिय संक्रमित रहेका र कोरोना संक्रमणको जोखिम बढेको भन्दै १० दिनका लागि लकडाउन गर्ने निणर्य भएको दशरथचन्द नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष भुवनराज भट्टले जानकारी दिए।

लकडाउनको अवधिमा सबै प्रकारका लामो तथा छोटो दुरीका यातायातका साधन बन्द हुनेछन् भने तरकारी तथा खाद्यान्न पसल बिहान ९ बजेदेखि ११ बजे सम्म मात्रै खोल्न पाइने जनाएको छ।

यस्तै अतिआवश्यक बाहेक नगरपालिका र वडा कार्यालयका सबै कामकाज बन्द गर्ने निणर्य भएको छ । नगर क्षेत्रभित्र कुनै पनि प्रकारका सभा, सम्मेलन तथा बैठक गर्न नपाइने निणर्य गरेको अध्यक्ष भट्टले बताए।

नगर क्षेत्रभित्र रहेका बैंक तथा बित्तीय संस्थाहरुले हप्तामा आइतबार, मंगलबार र बिहीबार मात्रै खुला हुनेछन् भने नगर क्षेत्रभित्र रहेका संघीय र प्रदेश सरकार मातहतका कार्यालय समेत बन्द गर्न अनुरोध गर्ने निणर्य गरेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष