कोभिड प्यान्डेमिकको साप्ताहिक विश्लेषण (पुस ५-११)

प्यान्डेमिक बिरुद्धको लडाइँ जारी नै छ

प्यान्डेमिक बिरुद्धको लडाइँ जारी नै छ
+
-

प्यान्डेमिकको अवस्थामा परीक्षणको कुरा यति धेरै गरिसके तापनि अझै सकिए जस्तो लाग्दैन, किनभने अहिले सिंगो विश्व प्यान्डेमिकसँग लडिरहेको अवस्थामा कसरी सम्पूर्ण संक्रमित पत्ता लगाएर यो रोगलाई सदाको लागि निर्मूल गर्ने भन्‍ने नै मुख्य चुनौती भइराखेको छ र यसको मुख्य उपाय भनेकै परीक्षण हो। कतिपय अवस्थामा परीक्षण नेगेटिभ आएपनि लक्षण मिल्दोजुल्दो र संकास्पद छ भने त्यस्तो बिरामीलाई पनि कोभिड नै भनेर उपचार गर्नु पर्ने अवस्था र बाध्यता अहिले नेपाल लगायत विश्वभरि नै आइरहेको छ।

किन कोभिड रोग लागेता पनि कहिलेकाही परीक्षण नेगेटिभ आउँछ या आउन सक्छ त्यसको बारेमा छोटो चर्चा गरौँ। सबैलाई थाहा भएकै कुरा हो, हाल विश्वभरि नै प्रयोग भइरहेको परीक्षणको एक मात्र योग्य र भरपर्दो प्रबिधि हो पीसिआर। यद्यपि पीसीआर बाहेक अन्य परीक्षण विधि नभएका होइनन् जस्तै रापिड एन्टीबडी टेस्ट, एन्टीजेन टेस्ट आदि। तर तिनीहरु पीसीआर जत्तिको भरपर्दो नभएको हुनाले ती परीक्षण बिधिहरु विश्वमै अपबादको रुपमामात्रै प्रयोग भइहेका छन्। तर पीसीआरले पनि सबै संक्रमित पत्ता लगाउन सक्छ भन्ने चाहि होइन।

कुनै पनि परीक्षण विधिले रोग पत्ता लाउन सक्ने क्षमता कत्तिको छ भनेर परिभाषित गर्ने प्राबिधिक तरिकालाई सेन्सिटिभिटी भनिन्छ। यो शब्द हिजोआज हाम्रो समाजमा पनि निकै चलेको देखिन्छ यद्यपि यसको बैज्ञानिक परिभाषा धेरैलाई थाहा नहुन सक्दछ। सेन्सिटिभिटीसँगै निकै प्रायोग हुने अर्को शब्द छ जसलाई स्पेसिफिसिटी भनिन्छ । कुनै पनि परीक्षणको कुरा गर्दा यी दुई शब्द संगसंगै प्रयोग गरिन्छ र यी दुई शब्द एक अर्काका पूरक पनि हुन्।

सेन्सिटिभिटीको अर्थ हो कुनै पनि परीक्षणले रोग भएको अवस्था पत्ता लगाउन सक्ने क्षमता । त्यस्तै स्पेसिफिसिटीको अर्थ हुन्छ कुनै पनि परीक्षणले रोग नभएको अवस्था पत्ता लगाउन सक्ने क्षमता। अर्थात् सेन्सिटिभिटीको अर्थ हो कुनै पनि परीक्षणले वास्तबमै रोग भएको व्यक्तिको परीक्षण नतिजा पोजिटिभ देखाउनु जसलाई प्राबिधिक भाषामा ट्रु पोजिटिभ भनिन्छ। तर यदि रोग भएको व्यक्तिको परीक्षण नतिजा नेगेटिभ आयो भने त्यसलाई फल्स नेगेटिभ भनिन्छ। उदाहरणको लागि १०० जना कोभिड भएको बिरामीको पीसीआर परीक्षण गर्दा ८० जनाको मात्रै पोजिटिभ र २० जनाको नेगेटिभ आयो भने त्यस्तो अवस्थामा पीसीआरको सेन्सिटिभिटी८०% रहेछ भनेर भनिन्छर पीसीआरले बाँकि २० जनाको रोग पत्ता लगाउन सकेन भन्ने बुझिन्छ ।तर वास्तबमा १०० जनामै रोग छ भन्ने कुरा कुनै तरिकाबाट प्रमाणित गर्न सकिन्दैन, केवल परीक्षण र लक्षणको आधारमा अनुमान लगाउन सकिन्छ।

त्यस्तै स्पेसिफिसिटी भन्नाले कुनै पनि परीक्षणले वास्तबमै रोग नभएको व्यक्तिको परीक्षण नतिजा नेगेटिभ देखाउनु हो जसलाई प्राबिधिक भाषामा ट्रु नेगेटिभ भनिन्छ। तर यदि रोग नभएको व्यक्तिको परीक्षण नतिजा पोजिटिभ आयो भने त्यसलाई फल्स पोजिटिभ भनिन्छ । उदाहरणको लागि १०० जना सामान्य (कोभिडरोग नलागेको )मानिसको पीसीआर परीक्षण गर्दा ८० जनाको मात्रै नेगेटिभ र २० जनाको पोजिटिभ आयो भने त्यस्तो अवस्थामा पीसीआर को स्पेसिफिसिटी ८०% रहेछ भनेर भनिन्छर बाँकि २० जनालाई पीसीआरले त्रुटीपूर्ण तरिकाले रोग लागेको देखायोभनेर भनिन्छ।

अर्को शब्दमा भन्ने हो भने सेन्सिटिभिटीले ट्रु पोजिटिभ हेर्छ भने स्पेसिफिसिटीले ट्रुनेगेटिभ हेर्दछ ।यसरी कुनै पनि परीक्षणको सेन्सिटिभिटी र स्पेसिफिसिटी फरक फरक हुन्छ र त्यसको आधारमा त्यो परीक्षण बिधि कत्तिको भर पर्दो छ भनेर थाहा हुन्छ। जसको सेन्सिटिभिटी र स्पेसिफसिटी धेरै हुन्छ त्यही नै उत्तम परीक्षण बिधि ठहरिन्छ । तर कुनै पनि परीक्षण १००% सेन्सिटिभिटी र स्पेसिफिसिटीयुक्त भने हुँदैन।कति सेन्सिटिभिटी र स्पेसिफिसिटी छ भन्ने कुरा त्यो प्रबिधिसँग मात्र सम्बन्ध हुँदैन, उत्पादक कम्पनिमा पनि भर पर्दछ। त्यसैले उत्पादक कम्पनिले आफ्नो कम्पनिको उत्पादनको सेन्सिटिभिटी र स्पेसिफिसिटी यति धेरै छ भनी प्रचार गर्ने गर्दछन्।

यसरी हाल विश्वमा प्रयोग भइराखेको कोरोना पीसीआर प्रविधिको सेन्सिटिभिटी ७०-८०% जति र स्पेसिफिसिटी ९५% भन्दा धेरै देखिएको छ।भन्नुको अर्थ १०० जनाको परीक्षण गरियो भने ७० देखि ८० जनाको सहि नतिजा अर्थात् सहिरुपमा कोरोना पोजिटिभ देखिन सक्दछ । तर बाँकि २०-३० जनाकोमा कोरोना रोग या संक्रमण भए पनि नतिजा नेगेटिभ आउन सक्दछ जसलाई फल्स नेगेटिभ भनिन्छ । त्यस्तै स्पेसिफिसिटी ९५% को मतलब सामान्य मानिस १०० जनालाई परीक्षण गरियो भने ९५% मा नेगेटिभ अर्थात्कोरोना छैन भन्ने पुष्टि भएतापनि बाँकि ५ जनामा कोरोना नभएतापनि गलत नतिजा या कोरोना पोजिटिभ देखिन सक्दछ। यस्ता कुराहरु प्रविधिका कमी कमजोरी हुन् जुन न्यूनीकरण गर्न सकिन्छ तर निर्मूलीकरण गर्न चाँहि सकिन्दैन।

यसरी फल्स नेगेटिभ आउनुमा पीसीआर प्रविधिको र त्यसमा प्रयोग हुने किटको उत्पादक कम्पनिको मात्रै सम्बन्ध नभएर त्यस पीसीआर परीक्षण गर्न चाहिनेनाक र घांटी भित्रको स्वाब अर्थात् ~याल संकलन र भण्डारण गर्ने तरिका, संकलकको व्यक्तिगत कौशलता , पीसीआर मेशिनको बिशेषता आदिमा पनि भर पर्दछ।त्यसैले गर्दा एक पटक परीक्षण गरेर नेगेटिभ आएको खण्डमा त्यो बिरामीलाई रोग लागेको छैन भन्ने १००% पक्का हुँदैन विशेष गरी यदि त्यो मानिसमा लक्षण छ भने । विश्वका कोरोना र कोभिड सम्बन्धी यस्ता थुप्रै प्रकशित रिपोर्ट हेर्ने हो भने संकास्पद बिरामीमा ३-४ पटक परीक्षण गरेपछि मात्र नतिजा पोजिटिभ आएका बिरामी धेरै छन्। त्यसमा पनि पीसीआर परीक्षण गर्दा घांटीको स्वाब मात्रै नभई दिसा, पिसाब, रगत, पेट भित्रको पानी (Peritoneal Fluid),मस्तिष्क भित्रको पानी (CSF),वीर्य आदिमा पनि कोरोना भाइरस भेटिएका थुप्रै छन्। तसर्थ रोगको प्रकृति हेरीकन शरीरको कुन अंग या नमूनाको परीक्षण गर्ने भन्ने पनि हुन्छ, यद्यपि पहिलो पटक चाही घांटीको स्वाबको नै परीक्षण गरिन्छ।

यसै क्रममा पछिल्लो समयमा दक्षिण एसिया र अन्य केही देशहरुमाकोभिड प्यान्डेमिकका बिबिध पक्षहरु केलाई विश्लेषण गरी हेर्ने सानो जमर्को यस अंकमा गरिएको छ। टेबुल न. १ मा विभिन्न देशहरुमा कोरोना परीक्षण सम्बन्धि बिबिध पक्षहरुका लगभग आंकडा (Approximate figure)प्रस्तुत गरिएको छ।

टेबुलमा देखाइए जस्तै दैनिक परीक्षण विश्वमै सबैभन्दा धेरै गर्ने देश मध्ये एक हो अमेरिका जहाँ पछिल्लो समयमा दैनिक बीस लाखभन्दा धेरै परीक्षण गर्ने गरिएको छ। तर परीक्षण जनसंख्यामा पनि भर पर्दछ र अमेरिका एक ठूलो जनसंख्या भएको देशको कारण पनि परीक्षण धेरै गर्नु पर्ने हुन्छ। तर जनसंख्या निकै ठूलो अर्थात् विश्वकै दोस्रो ठूलो जनसंख्या भएको देश भारतमा भने पछिल्लो समय अमेरिकाको भन्दा झन्डै आधा जति मात्रै दैनिक परीक्षण गर्ने गरिएको छ। त्यस्तै नेपालमा दैनिक परीक्षण निकै कम छ, औसतमा दैनिक करीब साढे पांच हजार मात्रै गर्ने गरिएको छ भने अन्य दक्षिण एसियाली देशहरुमा भने नेपालमा भन्दा कम दैनिक परीक्षण गर्ने गरिएको छ। नेपालको भन्दा दुई गुणाभन्दा धेरै जनसंख्या भएको देश बेलायतमा भने दैनिक परीक्षण नेपालको भन्दा करीब ९ गुणा बढी गरिन्छ ।

तर परीक्षणको केवल गन्ति मात्रभन्दा परीक्षण जनसंख्याको अनुपातमा र प्रति नया संक्रमितको अनुपातमा कति गरिएको छ त्यो झन् बढी महत्वपूर्ण हुन्छ। टेबुल न. १ र चित्र न. १ मा विभिन्न देशहरुका दैनिक प्रति दश लाख जनसंख्यामा परीक्षण देखाइएको छ जसअनुसार जनसंख्याको अनुपातमा बेलायत र अमेरिकामा अत्यधिक र दक्षिण एसियामा अति कम दैनिक परीक्षण गर्ने गरिएको छ । त्यस अर्थमा नेपाल, बंगलादेश र पाकिस्तान अति कम परीक्षण गर्ने देशहरुमा पर्दछन्।

त्यस्तै परीक्षण गर्दा जनसंख्याको अनुपातमा मात्रै परीक्षण गरेर नपुग्ने रहेछ। त्यसको सट्टा संक्रमितको अनुपातमा परीक्षण गर्नु पर्ने रहेछ । प्रति नया संक्रमित कम्तिमा पनि थप १० जनाको परीक्षण गर्नु पर्ने कुरा डब्लूएचओले दिशानिर्देश गरेको छ जसलाई कन्ट्याक्ट ट्रेसिंग भनिन्छ।

टेबुल न. १ र चित्र न. २ मा विभिन्न देशहरुका संक्रमितको अनुपातमा कति परीक्षण गर्ने गरिएको छ देखाइएको छ। यसरी गरिएको परीक्षण दैनिक परीक्षण या जनसंख्याको अनुपातमा गरिएको परीक्षणभन्दा प्यान्डेमिकको हिसाबले सहि र बढी अर्थपूर्ण हुन्छ । त्यस अर्थमा दक्षिण एसियाका देशहरुमा अमेरिका र बिलायतमा भन्दा धेरै परीक्षण गर्ने गरिएको छ ।

भारत, श्रीलंका, माल्दिभ्सले डब्लूएचओको दिशानिर्देशनको राम्रो पालना गरेको देखिन्छ भने नेपाल, अमेरिका लगायत केही दक्षिण एसियाली देशहरुले त्यसको पालना राम्ररी गरेको देखिंदैन । नेपालमा दैनिक परीक्षण या जनसंख्याको अनुपातमा गरिएको परीक्षणको मात्रा बंगलादेश र पाकिस्तान भन्दा धेरै देखिएता पनि डब्लूएचओको निर्देशन अनुसार गरिनु पर्ने परीक्षण तिनीहरुभन्दा निकै कम देखिन्छ ।

यसरी विभिन्न मापदण्ड अनुसार परीक्षण गरिसकेपछि दैनिक संक्रमण दर अर्थात् पोजिटिभिटी निकालिन्छ। जोन्स हप्किन्स विश्व विद्यालयका अनुसार विभिन्न देशहरुका पछिल्लो पोजिटिभिटी टेबुल न.१ र चित्र न. ३ मा देखाइएको छ।तर दैनिक संक्रमण दर, पोजिटिभिटी, निकाल्दा केवल दैनिक परीक्षणको गणना मात्र हेरिने भएको हुनाले यस दरले पनि प्यान्डेमिक को वास्तविक अवस्था देखाउन्दैन। त्यसको लागि डब्लूएचओको दिशानिर्देशन अनुसारको परीक्षणको मात्रा गणना गरिनु पर्दछ ।

यसै सेरोफेरोमा नेपालमा कोरोना प्यान्डेमिकको साप्ताहिक विश्लेषण गर्ने क्रममा गतहप्ता,डिसेम्बर२० देखि २६ तदनुसार पौष ५ देखि ११ सम्मजम्मा ७ दिनकोविश्लेषण विभिन्न स्रोतहरुबाट प्राप्त तथ्यांकको आधारमा तल देखाइए बमोजिम प्रस्तुत गरिएको छ।

यस लेखमा उद्दृत गरिएका तथ्यांकहरु विभिन्‍न श्रोतहरुबाट लिइएका हुन्।जस्तै नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जोन होप्किन्स विश्वविद्यालय,डब्लूएचओ, ओल्ड़ोमिटर आदि यस लेखको उद्देश्‍य कोरोना सम्बन्धी तथ्यांकलाई सही रुपमा पस्की विश्व र नेपालको प्यान्डेमिकको सही चित्रलाई पाठकवर्ग समक्ष पुर्‍याउनु हो।

गतहप्तापनि प्यान्डेमिकका तथ्यांकहरु विश्वभरि र नेपालमा पनि उताभचढ़ाभ हुने क्रम जारी रह्यो निम्न केही तथ्यांकको आधारमा गएको हप्ता नेपालमा कोरोना प्यान्डेमिकको अवस्था कस्तो रह्यो केही विश्लेषण गरी हेरौं ।

दैनिक नयाँ संक्रमण
यो हरेक दिन नेपालमा देखिएका या देखिने नयाँ संक्रमितहरुको संख्या हो । गत हप्ता डिसेम्बर२० देखि २६ तदनुसार पौष ५ देखि११ सम्मजम्मा ७ दिनको नेपालभरि र काठमाडौँ उपत्यकाको नयाँ संक्रमितको संख्या चित्र न.४ मा प्रस्तुत गरिएको छ।

नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गतहप्ता सात दिनमा देशभरि जम्मा ४५१६ जना र काठमाडौँ उपत्यकामा २०२२ नया संक्रमित भेटिए भने त्योभन्दा अगाडिको हप्ता सात दिनमा देशभरि जम्मा५५९१र काठमाडौँ उपत्यकामा २४४१नया संक्रमित भेटिएका थिए । माथिको तथ्यांकको आधारमा भन्ने हो गतहप्ता त्योभन्दा अगाडिको हप्ताको दाँजोमा देशभरि र काठमाडौँ उपत्यकामा संक्रमितको संख्या निकै घटेको पाइयो।

त्यस्तै मृत्यू हुनेको संख्या गतहप्ता जम्मा ४२ थियो भने त्योभन्दा अगाडिको हप्ता८८थियो जुन गतहप्ता त्योभन्दा अगाडिको हप्ताको दाँजोमानिकैघटेको हो।

त्यस्तै काठमाडौँ र नेपालको अनुपात केलाउने हो भने चित्र न. ५मा देखाइए जस्तै नेपालभरिको दाँजोमा काठमाडौँ उपत्यकाको नया संक्रमण अनुपात न्यूनतम ३९.८%देखि अधिकतम५३.४%सम्म रह्यो भने त्यो भन्दा अगाडिको हप्ता यो अनुपात ३६.७% देखि ५३.१% सम्म रहेको थियो। गतहप्ता नेपालभरिको संक्रमितको दाँजोमा काठमाडौँ उपत्यकाको संक्रमितको अनुपात औसतमा करीब ४५% थियो भने त्योभन्दा अगाडिको हप्ता यो औसत अनुपात करीब ४४%थियो।

यसरी देशभरिको दाँजोमा काठमाडौँको नया संक्रमितको अनुपात बिगत केही हप्तादेखि घट्दै गएको देखिएतापनि यो अनुपात गत दुई हप्तामा करीब करीब स्थिर देखियो। माथि उल्लेखित तथ्यांक र त्यसको विश्लेषणको आधारमा देश र काठमाडौँको प्यान्डेमिक प्रवृत्तिले कस्तो रुप लिइराखेको छ बुझ्‍न कठिन भएता पनि यसले अर्को अर्थ के लगाउँछ भने सिंगो देशमा काठमाडौँको कोभिडको अनुपात घट्दै जानु भनेको काठमाडौँ बाहिरको अनुपात बढ्दै जानु हो। असोज महिनको मध्यतिर काठमाडौँको कोभिड अनुपात औसतमा ६०-७०% सम्म पुग्थ्यो भने पछिल्लो समयमा यो अनुपात ४४-४५%मा झरी गत हप्ता न्यूनतम३९.८% सम्म पुग्यो ।नेपाल सरकारले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकापछि कोभिड संक्रमण ज्यादा देखिएका जिल्लाहरुमा दांग, रुपन्देही, कैलाली आदि पर्दछन्।

तर काठमाडौँ उपत्यका र देशका अरु प्रमुख सहरहरुमा प्यान्डेमिकको वास्तविक असर कत्तिको छ थाहा पाउन ती सहरहरुमा कति परीक्षण गरियो र कतिमा पोजिटिभ देखियो, त्यस्तै प्रत्येक सहरमासंक्रमितको कन्ट्याक्ट ट्रेसिंग कत्तिको गरियो,लक्षित समूहमा परीक्षण पुग्यो कि पुगेन आदि डब्लूएचओको मापदण्ड अनुसार नापेर हेर्नु पर्दछ ।

दैनिक संक्रमण पोजिटिभिटी दर

प्यानडेमिकको मापदण्डहरु मध्ये पोजिटिभिटी दर एक सबैभन्दा भरपर्दो मापदण्ड हो जसले परीक्षण गरिएकामध्ये कति जनामा संक्रमण पोजिटिभ देखियो भन्ने देखाउँदछ। पोजिटिभिटी दरको बारेमा माथि रंगिएका अंकहरुमा बिस्तृत जानकारी गराइसकेको छ। त्यसको लागि कृपया यस शृंखलाका गएका अंकहरु पनि हेर्नु होला।

नेपालकोगएकोहप्ताकोदैनिकसंक्रमण पोजिटिभिटी दर चित्र न. ६मा देखाइएको छ। गत हप्ता पनि नेपालको प्यान्डेमिक निरन्तर रुपमा कायम रहेता पनि केही तल झर्दै गएको देखिन्छ।गत हप्ता पोजिटिभिटी दर न्यूनतम ९.२% देखि अधिकतम १४.६८% सम्म रही साता भरीको औसत पोजिटिभिटी दर१२.०% रह्यो। दुई हप्ता अगाडिको पोजिटिभिटी दर ११.७८% र १६.०२%काबीच रही त्यो साताको औसत पोजिटिभिटी दर १४.०% रहेको थियो।

गत हप्ता देशभरि जम्मा ३८६८८ परीक्षण गरियो भने त्योभन्दाअगाडिको हप्ता जम्मा ४०३५०परीक्षण गरिएका थिए। नेपाल सरकारले जानकारी दिए अनुसार नेपालको जम्मा परीक्षण क्षमता करीब २०००० प्रति दिन भएता पनि हाल नेपालमा दैनिक औसतमा करीब साढे पाँच हजार जति मात्र परीक्षण गरिँदै आएको छ। यसरी परीक्षण कम गर्दै जाने क्रम मा गत हप्ता शुक्रबार पौष १० गते साताकै सबैभन्दा कम परीक्षण जम्मा ४१४२ मात्र परीक्षण गरिएका थिए जस मध्ये १४.६८% लाई संक्रमण देखिएको थियो।यो नेपालमा प्यान्डेमिक सुरु भएपछिकै सबैभन्दा कम परीक्षण हो। योभन्दा अगाडिपौष ४ गते शनिबार देशभरि जम्मा४७८०परीक्षण गरिएको थियो ।

परीक्षण नै कम गरेपछि वास्तविक रोग र यसको कारणले हुने मृत्यू पनि कम मात्रामा भेटिन्छ। तसर्थ वास्तविक कुरा बुझी आफै सजग भई साबधानी र होशियारी अपनाउनु नै बुद्धिमत्तापूर्ण कार्य हुने देखिन्छ।

विश्वका केही देशहरुका पछिल्लो औसत संक्रमण दर अर्थात् पोजिटिभिटी हेर्ने हो भने जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार बंगलादेशको ९.३६%,पाकिस्तानको ५.९२%,माल्दिभ्सको ३.९८%, श्रीलंकाको३.८६%, भारतको २.२३%,नेपालको १२.४५%,अमेरिकाको १०.९५% रबेलायत ७.३८%को छ। यसबाट के देखिन्छ भने नेपाल अझै पनि दक्षिण एसिया र विश्वका अन्य मुलुकको तुलनामा प्यान्डेमिक नियन्त्रण कमजोर रहेको र यसको जोखिम उच्च रहेको देशमा पर्दछ। दक्षिण एसियाका मुलुकहरुमा भारत, माल्दिभ्स, श्रीलंका रभुटान प्यान्डेमिक नियन्त्रण गर्न सफल राष्ट्रका रुपमा देखिन्छन भने पाकिस्तानको अवस्था पनि सुधारोन्मुख देखिन्छ । बंगलादेश र नेपालले भने हालसम्म प्यान्डेमिक परीक्षण रनियन्त्रण राम्ररी गर्न नसकेको देखिन्छ।

समग्रमा गतहप्ताको आंकडा हेर्दा नेपालमा प्यान्डेमिक ओरालो लाग्‍ने क्रम जारी छ। गत हप्ताको दैनिक जम्मा संक्रमितको संख्या २ हप्ता अगाडिको साताको जम्मा संक्रमितभन्दा कम देखिएको छ। त्यस्तैगत हप्ताको जम्मा मृत्यू पनि निकै कम देखिन्छ। यसरी देशभरी जम्मा कोरोना संक्रमित र त्यसको कारणले भएका मृत्यू घट्दै जानु खुशीको कुरा हो।तर कोभिड संक्रमित र कोभिडका कारण मृत्यूको संख्या घट्दै जानुको एक प्रमुख कारण कम परीक्षण गर्नु पनि हो। पछिल्लो समय परीक्षणमा किन कमी गरियो त्यसको सही कारण खुलेको देखिन्दैन।तर त्यसले गर्दा प्यान्डेमिक लुकेर बस्ने सम्भावना भने पक्कै पनि हुन्छ। प्रयाप्त परीक्षण गर्दागर्दै दैनिक नया संक्रमित र नया मृत्यू घट्दै गएमा त्यसले सहि मानेमा प्यान्डेमिक घटेको अर्थ लाग्छ।

यस दौरान नेपाल सरकारको पछिल्लो तथ्यांक अनुसार नेपालमा हालसम्म २५७७०० जना मानिसलाई यो रोग लागिसकेको छ जसमा ३५% महिला र ६५%पुरुष छन्। त्यस्तै १८१९ जनाले यसै रोगका कारण ज्यान गुमाईसकेका छन् जसमा करीब ३०% महिला र ७०% पुरुष छन्। त्यस अर्थमा नेपालको हालको कोरोना मृत्यूदर करीब ०.७१% छ। हालसम्म नेपालमा १९०५८२६ जनाको पीसीआर परीक्षण गरिएको छ भने औसतमा समग्र संक्रमण दर अर्थात् पोजिटिभिटी १३.५ % जति देखिएको छ।

जे होस्, नेपाल जस्तो कम विकसित, प्रविधि कम भएको र श्रोत र साधन पनि अभाव भएको देशमा प्यान्डेमिक नियन्त्रण गर्ने अर्को वैकल्पिक उपाय सम्भवत प्रयाप्त परीक्षण नगरी आँखा चिम्लेर बस्नु पनि हुन सक्दछ भन्‍ने कुरा नेपाल लगायत दक्षिण एसियाका अन्य कम विकसित देशहरुबाट पनि पुष्टि हुन्छ।

यस शृंखला तथा यस लेख नेपालमा साप्ताहिक रुपमा प्यान्डेमिक हेर्ने ऐनाको रुपमा प्रस्तुत गरिएको छ। यस लेखमा नेपालर विश्वमा प्यान्डेमिकको बारेमा तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ। यस लेखमा प्रस्तुत गरिएको कुरालाई कसरी बुझ्ने र लिने आ-आफ्नो बुझाइ हो।जे भए पनि प्यान्डेमिक बिरुद्धको हाम्रो लडाईं जारी छ, होसियारी पूर्वक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

यो पनि पढ्नुहोस्

‘कोरोनाको जति परीक्षण कम हुन्छ,त्यति नै प्‍यान्डेमिक पत्ता लगाउन गाह्रो हुन्छ’

‘कोरोनाको जति परीक्षण कम हुन्छ,त्यति नै प्‍यान्डेमिक पत्ता लगाउन गाह्रो हुन्छ’

‘नेपालले कोरोनाको प्यान्डेमिक नियन्त्रण राम्ररी गर्न सकेको छैन’

‘नेपालले कोरोनाको प्यान्डेमिक नियन्त्रण राम्ररी गर्न सकेको छैन’

नेपालमा परीक्षण बढाउनु नै जोखिम नियन्त्रणको उपाय

नेपालमा परीक्षण बढाउनु नै जोखिम नियन्त्रणको उपाय

संक्रमित घटे पनि ज्यान गुमाउने बढ्दै छन्

संक्रमित घटे पनि ज्यान गुमाउने बढ्दै छन्

कोरोनासँग अल्झेर बस्नु हुन्न

कोरोनासँग अल्झेर बस्नु हुन्न

नेपालमा कोभिड प्यान्डेमिकको पछिल्लाे अवस्थाकाे विश्लेषणात्मक झलक

नेपालमा कोभिड प्यान्डेमिकको पछिल्लाे अवस्थाकाे विश्लेषणात्मक झलक

सधैँ एउटै मन्त्र होइन, उत्साहजनक प्रचार आवश्यक

सधैँ एउटै मन्त्र होइन, उत्साहजनक प्रचार आवश्यक

नेपालको कोरोना रेकर्ड- एकै दिनको पोजिटिभिटी दर ३४.७७ प्रतिशत

नेपालको कोरोना रेकर्ड- एकै दिनको पोजिटिभिटी दर ३४.७७ प्रतिशत

काठमाडौँका कोरोना हटस्पटहरु सिल गर्नुपर्छ

काठमाडौँका कोरोना हटस्पटहरु सिल गर्नुपर्छ

नेपालमा संक्रमणको अवस्था भयावह

नेपालमा संक्रमणको अवस्था भयावह

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?